SuchanaKendra

  • Radio Kushum


  • आज : २०८० आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२० गते
    ८४३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन मंसिरमा गर्नेगरी आन्तरिक छलफल थालेका छन्। पार्टीको क्रियाशील सदस्यता विवाद, कोरोना भाइरस संक्रमणसहितका विषय विद्यमान रहेको भन्दै देउवाले मंसिरमा महाधिवेशन गर्न सकिने निकटहरूसँग बताएका हुन्।

    मंसिरसम्म महाधिवेशन गर्दा संवैधानिक व्यवस्था विपरीत नहुने र निर्वाचन आयोगले त्यसलाई मान्ने बताउँदै देउवाले निकटहरूसँग पार्टीको क्रियाशील सदस्यताको विषयका नेता रामचन्द्र पौडेल पक्षले अनावश्यक विवाद निकाल्न थालेको आरोप लगाएका छन्। क्रियाशील सदस्यता छानबिन समितिले टुंगो लगाएको विषयमा पनि अहिले प्रशन गर्न थालिएको र पार्टी उपभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठन भएको समायोजन समितिले सर्वसहमतिले गरेको निर्णयमा पनि प्रश्न उठाएको भन्दै देउवाले असन्तुष्टि जनाएका छन्।

    निकटहरूसँग निरन्तर छलफलमा रहेका देउवाले मंगलबार साँझ उपसभापति निधिलाई सरकारी निवास बालुवाटार बोलाएर कुरा गरेको स्रोतको दाबी छ। १४औं महाधिवेशनमा निधि सभापतिको प्रत्यासी बन्ने बताएपछि देउवा र निधि भेट पातलिएको छ। देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका निधिले समायोजन समितिले सर्वसम्मतिबाट गरेको निर्णय केन्द्रीय समितिमा पेश गरी पारित गरिसको विषयमा पौडेल पक्षले विवाद निकालेको बताएका छन्।

    पौडेल पक्षको आग्रह्मा निर्णय भइसकेको फाइल पुनः खोल्नु विधिसम्मत नभएको भन्दै निधिले बागलुङसहितका जिल्लाका विषयमा उत्पन्न गरिएको विवादप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सो विषयमा सदस्यता छानबिन समिति प्रवेश गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्। समायोजनका बाँकी काम सक्न बैठक राख्न पनि पौडेलले असहयोग गरेको भन्दै निधिले निर्णय खोल्दै र फेर्दै जाने हो भने समायोजन समितिको औचित्यमाथि नै प्रश्न उठ्न बताएका थिए।

    जवाफमा देउवाले सदस्यता र समायोजनका विषयमा पौडेल पक्षले अनावश्यक विवाद निकालेको बताएका थिए। बुधबार दिउँसो पदाधिकारी बैठक राखेको र त्यसबाट सबै विषय टुंगोमा पुर्‍याउने बताएको बालुवाटार स्रोतको दाबी छ। देउवाले बुधबार दिउँसो ३ बजे बैठक बोलाएका छन्।

    निधिले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने यसअघि नै बताएको भन्दै फेरि देउवासँग सहयोग मागेका थिए। तर, देउवाले पुरानै जवाफ फर्काउँदै अहिले आफूलाई सहयोग गर्न र १५औं मा निधिलाई सहयोग गर्ने बताएका छन्।

    भेटमा निधिले मन्त्रिपरिषद्लाई समावेशी र सबै क्षेत्र र भूगोलको प्रतिनिधित्व गराउन आग्रह गरेका छन् । प्रस्तावित सहकारी बैंक स्थापना, राजर्षी जनक विश्वविद्यालयका जग्गा प्राप्ति र महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रको संगठानात्मक संरचना बनाउन पनि देउवालाई आग्रह गरेको स्रोतको दाबी छ। नागरिक दैनिकले खबर छापेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    शिक्षकको आन्दोलन बानेश्वरमा प्रहरी हस्तक्षेप (तस्वीरहरु)

    काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै...

    गृहमन्त्रीको डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता

    काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार...

    निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आयो

    काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको...

    न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी,सेयरको भित्री कारोबार गरेको आरोपमा

    काठमाडौं । शेयर बजारमा भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी...

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं