SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२० गते
    १२५८ &#२३४६;&#२३३५;&#२३२५;

    विवाद टुंग्याउन एमालेमा निर्णायक कसरत भएका बेला वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक र संगठनात्मक प्रस्ताव अघि सारेका छन् । आफ्नो प्रस्ताव संस्थापन पक्षले स्वीकार गरे एकता प्रक्रियामा लाग्ने र नभए सत्ता गठबन्धनमा सहभागी हुने नेपालको योजना छ ।

    अध्यक्ष केपी ओलीसँग वार्ता गराउने दोश्रो तहका नेताहरुको प्रयास भइरहँदा नेपालले बुँदागत रुपमा आफ्नो चासो उठाएका हुन् । यसका लागि दुई दिन तयारी गर्ने नेपालको रणनीति छ । नेपालले आफ्ना सर्तबारे ओलीले आधारभूत धारणा तय गरेपछि मात्रै ‘वान अन वान’ वार्तामा बस्ने बताएका छन् । थप छलफलका लागि नेपालले बुधबार आफू पक्षधर केन्द्रीय समिति बैठक बोलाएका छन् ।

    नेपालले ओलीले संसद विघटन गलत भएको स्वीकार गर्नुपर्ने, प्रतिनिधिसभा पुर्नस्थापनासम्बन्धी सर्वोच्चको फैसलाको स्वागत गर्नुपर्ने, संसदको कार्यकाल पूरा अवधि चल्न दिनुपर्ने, देउवा सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्नुपर्ने जस्ता राजनीतिक प्रस्ताव अघि सारेका छन् ।

    यस्तै उनले पार्टीमा आफ्नो सम्मानजनक हैसियत हुनुपर्ने, समानान्तर कमिटीको पुनर्संरचना गर्नुपर्ने, सम्पूर्ण कारबाही प्रक्रिया रोकिनुपर्ने तथा पार्टी निर्णय र पत्राचारमा दुई नेताको हस्ताक्षर हुनुपर्ने राजनीतिक सर्त नेपालको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं