SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१५ गते
    ६२५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेपाल पक्षबाट कार्यदलमा रहेका नेताहरूले बिहीबार दिउँसो सिंहदरबारमा छलफल गरेका छन्। भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण बिष्टलगायतले नेपाल पक्षको स्थायी कमिटी बैठक राखेर विवाद निरूपणका लागि केके विषय आवश्यक छन् भन्नेबारे छलफल गर्ने र बैठकबाटै अजेन्डा पास गर्नेगरी अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन्।

    पार्टीको विवाद लम्बिदै जाँदा झन् समस्या परेको र पार्टीको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपसमेत हुन थालेको निष्कर्षमा पुगेका उनीहरूले तत्कालै बैठक राखेर त्यहींबाट विषयवस्तु निर्धारण गनुपर्ने ठहर गरेका हुन्। बैठकमा दोस्रो र तेस्रो तहका अन्य नेता पनि सहभागी थिए। उनीहरू नेपाल र दाहालको भेटघाटबाट पनि धेरै कुरा शंकाको घेरामा भएको निचोडमा पुगेका छन्।

    ‘प्रचण्ड (दाहाल) ले नेपाललाई सरकारमा सहभागी गराउन दबाब दिइरहेका छन्। यो भनेको एमाले विभाजन गर्ने उद्देश्य हो। संस्थागत निर्णय नभए पनि व्यक्तिगत रूपमा एमालेका कोही व्यक्तिको नामा दिनुस् भनेको सूचना छ। यसले राम्रो सन्देश जाँदैन र पार्टी विभाजनकै दिशमा लैजान्छ’, बिहीबारको बैठकमा सहभागी एक नेताले भने। उनीहरू ओली–नेपालवीच संवाद गराएरै अघि बढ्नुपर्नेमा एकमत भएका छन्।

    यसैबीच एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बिहीबार नेपाललाई भेटेर विवाद टुंग्याउन आग्रह गरेका छन्। यसका लागि ओलीसँग वार्ता गर्न समेत उनले आग्रह गरे। कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट नेम्वाङ संयोजक थिए। ‘एकताका सन्दर्भमा कुराकानी भयो। तपाईं र अध्यक्ष भेटघाट गर्नुहोस्। कुराकानी गर्नुहोस्। एकतालाई निष्कर्षमा पुर्‍याउनुपर्छ भनेको छु,’ नेम्वाङले भने। कार्यदलले तयार पारेको १० बुँदे सहमतिको जगमा उभिएर अगाडि बढ्न आग्रह गरेको उनले बताए।

    जवाफमा नेता नेपालले छलफल गरेर अगाडि बढ्ने बताएका थिए। ‘उहाँले ठीकै छ, छलफल गरौंला नि भन्नुभयो। अरूसँग पनि भेटघाट गर्छु भन्नुभएको छ,’ नेम्वाङले भने। पार्टी अध्यक्ष ओलीले बुधबार ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसँग एकता प्रकृया चाँडो टुंग्याउनुपर्ने बताएपछि नेम्वाङले ओली–नेपालबीच संवाद गराउन पहल थालेका हुन्। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं