SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१२ गते
    ८६५ &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ । लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो। नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको छ।

    बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए। ‘बैठकमा यथाशक्य पार्टीको विवाद निरूपण गर्नेबारे सबैको एकमत छ। यसै साताभित्र यी विषय टुंगो लगाएर जानुपर्छ भन्ने हाम्रो धारणा रह्यो।

    मलाई लाग्छ, यसै साताभित्र पार्टीको विवाद निरूपण हुन्छ,’ पार्टीको सचिवसमेत रहेका भीम आचार्यले भने। उनका अनुसार दुवैतर्फबाट एकताविरोधी गतिविधि नगर्न आग्रह गरिएको छ। ओली पक्षबाट भ्रातृ संगठनका नाममा भइरहेका अराजक गतिविधि बन्द गराउन पनि बैठकले आग्रह गरेको छ। युथ फोर्स, पिपुल्स भोलेन्टियर्स, अखिल फोर्सजस्ता दस्ता बनाएर गरिने गालीगलौज बन्द गर्न बैठकले आग्रह गरेको हो।

    पार्टीभित्र देखिएका विवाद निरूपण गर्ने क्रममा बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने र पार्टी अध्यक्ष ओलीका तर्फबाट आएको प्रस्तावलाई विश्वासको वातावरणसहित अघि बढाउने निर्णय बैठकले गरेको छ ।

    ‘पार्टी एकताका लागि भएका प्रयास धेरै हदसम्म सकारात्मक छन्। ती प्रयासलाई छिटो टुंगोमा पु-याउन थप प्रयास थाल्ने कुरा भएका छन् । सबै साथीको जोड एकतामै छ । त्यसकारण दुवै नेतालाई एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन आग्रह गरिएको छ,’ बैठकपछि नेता रघुजी पन्तले भने । ‘पार्टी एकताको विकल्प छैन भन्ने हो भने दुवै नेताले अभिव्यक्तिमा लगाम लगाउनुपर्छ । कार्यकर्ता भड्काउने गरी अभिव्यक्ति दिनुहुँदैन,’ स्थायी कमिटी सदस्य आचार्यले भने । नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

    रामशरण नेपाली, लेखनाथ। नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै...

    चलचित्र ‘लाज शरणम्’को पोस्टर भाइरल

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टरले यो सिनेमाप्रतिको अपेक्षा बढाइदिएको छ । कमेडी र कथा...

    सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र...

    पर्वतको पाङ धैरेनी मावि मा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक,आध्यात्मिक महोत्सव हुने

    पर्वत। पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ्गमा गण्डकी महिमा धान्याचल ज्ञान महायज्ञ तथा शैक्षिक,आध्यात्मिक...

    लेखनाथ महोत्सवमा हाजिरी जवाफ

    लेखनाथ। कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं