SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/३० गते
    ४७३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डाै ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । विप्लव अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर प्रचण्ड निवास खुमलटार जानुभएको थियो ।भेटमा अहिलेको राजनीतिक परिस्थिति, अघिल्लो सरकारसँग आफूहरूले गरेको सहमति लगायतका विषयमा कुराकानी भएको नेता धर्मेन्द्र बाँस्तोलाले उज्यालोलाई जानकारी दिनुभयो ।

    ‘ओली सरकारसँग हामीले गरेको सहमति कार्यान्वयनका विषयमा कुराकानी भयो, कतिपय साथी अहिले पनि जेलमै हुनुहुन्छ, हामीले यस विषयमा पनि ध्यानाकर्षण गराएका छौँ’, बाँस्तोलाले भन्नुभयो, ‘अहिलेको देशको उथलपुथल भइरहेको राजनीतिबारे हामीले चासो राख्यौँ, प्रचण्डले ब्रिफिङ गर्नुभयो, हामीले पनि केही कुरा राख्यौँ ।’

    पूर्वमाओवादी एक हुने चर्चाका विषयमा जिज्ञासा राख्दा बाँस्तोलाले भन्नुभयो, ‘यो तत्कालै सम्भव हुने विषय होइन तर पनि हामीले अब भेटघाट र छलफललाई निरन्तरता दिनुपर्छ भनेका छौँ, प्रचण्डजीले पनि पूर्वमाओवादीहरू एक बनाएर लैजाने इच्छा राख्नुभएको रहेछ, सकभर सँगै जान पाए हुन्थ्यो भन्ने कुरा राख्नुभयो ।’

    तस्बिर : गङ्गा दाहालकाे फेसबुकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं