SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२७ गते
    ६८३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत / कुश्मा खरेहाका सागर गिरीले वैशाख १७ देखि पार्किङमा राखेको ट्याक्सी शुक्रबार सडकमा निकाल्ने कोसिस गरे । जिल्ला प्रशासनले निषेधाज्ञा केही खुकुलो गर्दै शुक्रबारदेखि क्षमताभन्दा आधा यात्रु चढाउने गरी आदेश दिएसँगै व्यवसायीले सार्वजनिक सवारी सञ्चालनको प्रयास गरेका छन् ।

    निषेधाज्ञा केही खुकुलो भएपछि कुश्मामा सार्वजनिक सवारी चढ्न पालो कुरका यात्रु ।  लामो समय थन्किएका सवारीमा खिया लाग्ने, पानी चुहिने, टायर च्यातिनेलगायत समस्या एकातिर छन् । ग्यारेज पुर्‍याएर मर्मतपछि कतिपयले नियमित सवारी सञ्चालनको प्रयास गरे पनि यात्रु नहुँदा पिरलोमा छन् । अर्कोतिर यात्रु भइहाले पनि राजमार्ग र सबैजसो ग्रामीण सडकमा पहिरोले रोकेपछि व्यवसायीलाई पहिलो गाँसमै ढुंगा लागेको छ । लक्ष्मण केसीले सवारी खुल्ने खबरले हौसला बटुल्दै अढाई महिना थन्किएको गाडी बिहीबार ग्यारेज लगेर मर्मत गरे । कुश्मा–बागलुङ चल्ने उनको गाडी राजमार्गको पहिरोले ठप्प भयो । ‘पाङको बाटो हुँदै भए पनि जानुपर्‍यो भनेर तयारी गरें,’ केसीले भने, ‘मेरो बस पास हुनेजस्तो बाटो छैन भनेपछि खचक्क भइयो ।’ गत वर्षको लकडाउनमा ३ लाख रुपैयाँ ऋण खोजेर बैंकको किस्ता र ब्याज तिरेका उनले यो वर्ष पनि करिब २ लाख रुपैयाँ नोक्सान भएको दुखेसो पोखे । ‘हिउँदमा आधा–आधा मान्छे लिएर ब्याजसम्म धानेको थिएँ । त्यो पनि म आफैं ड्राइभर भएर हो । ड्राइभर राख्ने धेरै डुबिसके । अहिले ठक्रक्कै छ,’ लक्ष्मणले दुःख बिसाए ।

    गत वर्षदेखि पटक–पटक भएको बन्दाबन्दीले सर्वसाधारणको सार्वजनिक यातायात चढ्ने बानी बदलिएको छ । सार्वजनिक यातायातमा भीडभाड हुने र एकअर्कामा सामाजिक दूरी कायम नहुँदा कोरोना सर्ने भएकाले सर्वसाधारणले त्यस्ता सवारी चढ्न छाडेका छन् । त्यसको प्रत्यक्ष असर लाखौं लगानी गरेका व्यवसायीमा परेको छ । लाखौं लगानी गरेर त्यही व्यवसायबाट मात्रै परिवार पाल्ने सपना बोकेर घामपानी नभनी खटिएकाहरू यतिबेला निराश छन् । ‘कर तिराउन सरकारले लकडाउन खुकुलो बनाएजस्तो गरेको छ । करमा छुट छैन । व्यवसाय नचलेपछि कसरी कर तिर्ने ?’ कुश्मा यातायात प्रालिका अध्यक्षसमेत रहेका गिरीले भने, ‘धेरै गाडीको रिन्यु फेल छ । केही समस्या आइहाले जिम्मेवारी लिने कोही छैन । सरकार लकडाउन खुलाएर कर असुल्ने दाउमा मात्रै छ । अरू जिम्मेवारी बहन गरेको छैन ।’ लामो समय गाडी थन्किँदा बैंकले भने किस्ता र ब्याजका लागि ताकेता गरेको व्यवसायीको गुनासो छ । ‘असार मसान्त भन्दै बैंकले ताकेता गरिरहेका छन् । व्यवसाय नै नचलेपछि किस्ता र ब्याज कसरी बुझाउने ?,’ व्यवसायी कमल सुवेदीले भने, ‘यता सरकारले अत्याउने । अर्कोतिर बैंकले । अति भयो । अब सवारीसाधन र कागजपत्र लगेर सरकारलाई बुझाउनुको विकल्प छैन ।’ व्यवसायीले एउटा सवारीमा २० देखि ५३ लाख रुपैयाँसम्म लगानी गरेका छन् ।

    जिल्लामा साना–ठूला गरी करिब ५ सय सवारीसाधन छन् । बस, जिप, ट्याक्सी व्यवसायका करिब एक दर्जन कम्पनी सञ्चालनमा छन् । अहिले केही ट्याक्सी र जिपबाहेक सबैजसो सवारी ठप्प छन् । कोरोनाको त्रास कायमै रहेको भन्दै प्रशासनले अत्यावश्यक काम नपरी सर्वसाधारणलाई घरबहिर निस्किन दिएको छैन । अत्यावश्यक कामकै लागि निस्किएकामध्ये पनि अधिकांशले निजी सवारी र कार चढ्छन् । कालो प्लेटका ठूला बस तथा जिप सञ्चालक बढी मारमा परेका छन् । असार पहिलो सातादेखि निषेधाज्ञा खुकुलो बनाएर रातो प्लेटका सवारी चल्न दिएसँगै ती सवारीले यात्रु ओसारेर मनपरी भाडा असुल्दासमेत नियामक निकाय मौन बसेको व्यवसायीको गुनासो छ ।कान्तिपुर दैनिकले समाचार छापेको छ  तस्बिर : अगन्धर /कान्तिपुर

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

    पोखरा । तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा...

    विन्ध्यवासिनी माविमा रक्तदान हुने

    शिशिर पौडेल,पोखरा। पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले खुला रक्तदान कार्यक्रममा गर्ने भएको छ। विद्यालयको ७८ औं...

    पर्वतका सुचना अधिकारी र पत्रकार बीच अन्तरक्रिया

    पर्वत। पर्वतका सरकारी कार्यालयका सुचना अधिकारी र पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला...

    पर्वतको कुश्मामा रहेको ‘द क्लिफ’मा साहसिक खेल ‘मेगाट्रोल’ को सफल परीक्षण

    पर्वत । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको पर्वतको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो...

    माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने, बिजेतालाई २ लाख पुरस्कार

    निराजन अधिकारी ,हेमजा । कास्कीको माछापुच्छे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं