SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२३ गते
    ६२६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले कालीगण्डकी डाइभर्सन आयोजनालाई क्षेत्रीयतावादी दृष्टिकोणबाट हेरिएको बताएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले नेपालमा यस्ता ठूला आयोजनामा विकासमैत्री दृष्टिकोणबाट छलफल नै हुन नसकेको बताए ।

    उनले कालीगण्डकी आयोजना जस्ता आयोजना क्षेत्रीयतावादी र धार्मिक आस्थासँग जोडेर बहस हुँदा विकास निर्माणको काम नै हुन नसक्ने स्थिति आएको पनि बताए । नेता भट्टराईले नेपालमा माटो टेके देउता टेकिने, ढुंगा फुटाए देउता फुटाइनेजस्तो स्थिति रहेको भन्दै यसरी हेरेमा विकास निर्माणको काम नै अघि बढ्न नसक्ने बताएका छन् । ‘त्यसरी सोच्दा विकास निर्माणको काम गर्न सकिंदैन, ढुंगा फुटाउन भएन, माटो टेक्न पनि भएन, रुख काट्न पनि भएन ।’

    जापानीले समुद्रमा घर बनाएको भनेर नेपालमा चर्चा हुने गरेको तर देशभित्र भने सामान्य नदी पथान्तरण योजनाको पनि विरोध भएको भन्दै नेता देवकोटाले भने, ‘यस्ता विषयमा बहस गरौं, तर विकासमैत्री भएर ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं