SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२३ गते
    ९२६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री वा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले आगामी महाधिवेशनमा आफूले उम्मेदवारी दिने पक्का भएको तर महामन्त्री र उपसभापतिमध्ये कुन पद टुंगो नभएको बताए । सभापति पदमा शेरबहादुर दाइ आफैं लड्छु भनेकाले सभापति पदमा दाबी छैन । म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो । म चुनाव लड्ने हो’ उनले भने । यसको औपचारिक घोषणा भने टिम बनेपछि गर्ने डा. महतले बताए ।

    ‘औपचारिक रुपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले पनि नगरेको हो । तर म सहमहामन्त्री भन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु । यसको औपचारिक घोषणा केही समयपछि गर्छु’ उनले भने । नेता महतले आफू पार्टीकै नेतृत्व गर्न योग्य भए पनि अग्रज नेता हुँदाहुँदै अगाडि बढ्न नसक्ने बताए । ‘हाम्रो अग्रज दाइहरु हुँदाहुँदै अगाडि बढ्न सकिने अवस्था छैन । यसले हामीलाई नै घाटा छ भन्ने जान्दाजान्दै पार्टीको परम्परा र संरचनाले र अनुभवले दाइहरुको सान्दर्भिकता अहिले पनि छ’ उनले भने ।

    १४ औं महाधिवेशनमा सभापतिमा संस्थापन पक्षबाट शेरबहादुर देउवाले नै सभापतिमा उम्मेदवारी दिने भन्दै उनले उपसभापति विमलेन्द्र निधिले विचार परिवर्तन गर्न सक्ने बताए । ‘धेरै साथीहरुले विमलेन्द्रजीलाई सल्लाह दिँदा अहिलेको अप्ठेरो अवस्थामा शेरबहादुर जीले एकपटक नेतृत्व गर्छु भन्नुभएको छ । …यद्यपि उहाँ (विमलेन्द्र निधि) ले लड्छु भन्नुभएको छ’ डा. महतले भने, ‘तर म के भन्छु भने अहिले नै अन्तिम टुंगो लागिसक्यो भन्ने निष्कर्षमा पुग्नु हुदैन । नोमिनेसन गर्ने बेलासम्म उहाँले विचार परिर्वतन गर्न सक्नुहुन्छ ।’

    उनले नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले गरिरहेको भेटघाटले राम्रो सन्देश नदिएको पनि बताए । पार्टीको संस्थापक नेताका पुत्र यी नेताहरुले गरिरहेको भेटघाटप्रति टिप्पणी गर्दै उनले पार्टी समग्र जनताको छोराछोरीको भएको बताए । ‘उहाँहरुले जसको बुबाहरु नेता हुनुुहुन्थ्यो, त्यसमा मात्रै सीमित भएर पटक पटक बैठक बस्नुभयो । यसले उहाँहरुको लागि सकारात्मक सन्देश दिएको जस्तो मलाई लाग्दैन’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं