SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२२ गते
    ५९१ &#२३४६;&#२३३५;&#२३२५;

    सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्वन्द्वको विषय बनाउन नहुने बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उनले भौगोलिक, सामाजिक, भाषिक विविधता द्वन्द्वको विषय नभई सम्पन्नताको प्रतीक भएको धारणा राखे ।

    हाम्रो देशमा भौगोलिक, प्राकृतिक, सामाजिक, जैविक, भाषिक विविधता छ । यो हाम्रो सम्पदा, सम्पन्नता हो । समृद्धि हो’ प्रधानमन्त्री ओलीले भने, ‘यसलाई हामीले मनमुटावको बिषय बनाउनुहुन्न । द्वन्द्वको विषय बनाउनुहुन्न ।’ प्रधानमन्त्री ओलीले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पुर्‍याएको पनि दावी गरे । ‘कृषिमा गुणस्तरीय उत्पादन र निर्यातका लागि काम गर्यौं । खेतहरुमा सिञ्चाइको प्रबन्ध हामीले गर्‍यौं’ उनले भने, ‘हामी विकास गर्न सक्छौं । विकासका कामलाई अगाडि बढाउन सक्छौं ।’

    स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम गुणस्तरीय हुन्छ

    प्रधानमन्त्री ओलीले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै हुने बताए । ‘भवन निर्माणको काम छिटै र गुणस्तरीय रुपमा सम्पन्न हुनेछ’ उनले भने ।जग्गा प्राप्त भएको, डिजाइन बनेको तथा बजेटको पनि व्यवस्था भइसकेकाले काम चाँडै सम्पन्न हुने उनले बताए । यो काममा स्थानीय पालिका, जनप्रतिनिधि र आम जनताको सहयोग हुने विश्वास उनले व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं