SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/८ गते
    ८७१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । बिप्लव नतृत्वको नेकपा निकट युवा संगठनको भेला सम्पन्न भएको छ । भेलाले पछि ३ जना थप्ने गरी ९ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको बताइएको छ ।

    राष्टघात, जनघात, भष्टचार र लागु औषधका बिरुद्ध संघर्ष गरौ, एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवादको पक्षमा प्रथम जिल्ला भेला सफल पारौ भन्ने मुल नाराको साथ भेला आयोजना गरीएको थियो ।

    युवा संगठन नेपाल पर्वतको प्रथम जिल्ला भेलाले अध्यक्षतामा बसन्त भण्डारी, उपाध्यक्ष नबराज भुषाल र सचिवमा अनिल सुवेदी सर्वसम्मत रुपमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बिजय बिक, अमृत गुरुङ, अनिल सुवेदी र सागर नेपाली निर्बिरोध रुपमा चयन भएका हुन ।

    भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय नेता तथा धौलागिरी ब्युरो इन्चार्ज धुब्र घिमिरे बिप्लवले नेपालको संसदिय राजनितीले आमम नागरिकहरुको समस्या समाधान तर्फ भन्दा झनै ठुला संकट ल्याउने तिर अगाडि आएको बताउदै यसलाई नेपाली जनताको चाहाना अनुसार अगाडि बढाउन पर्ने अबस्था भएको बताए ।

    घिमिरेले भने प्रचण्ड, बाबुरामहरुले ढुवाएको नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नया शिराबाट उठाउन अब युवाहरूको मुख्य भुमिका हुने र हजारौं शहिदहरुको सपना साहारा पार्न अगाडि बढ्नुपर्ने बताउदै आफुहरु ब्यावस्था परिवर्तनको अभियानमा लागेको बताउदै कसैको लोभमा फसेर केही थान मन्त्री र साँसदको लागि सहमती र सम्झौता नभएको बताए ।

    त्यस्तै १४२ जना राजबन्दीहरुलाई अझै पनि सरकारले रिहाई गरेको छैन यो एकदमै दुखद् कुरा हो ।। सरकारले आफ्ना प्रतिबद्धताहरु छिटोभन्दा छिटो कार्यान्वयन गराउन पनि आम युवाहरु अब जाग्नु पर्ने अबस्था आएकोमा पनि घिमिरेले जोड दिएका थिए ।

    साथै युवा भेलालाई युवा संगठनका केन्द्रीय सदस्य धौलागिरी ईन्चार्ज बिजय कुमाल, पर्वत जिल्ला ईन्चार्ज अनन्त, जिल्ला सेक्रेटरी किरण, ब्युरो सदस्य बिशाल, जिल्लाका नेता ढक बहादुर क्षेत्री लगायतले शुभकामना तथा प्रशिक्षण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं