SuchanaKendra

  • Radio Kushum


  • आज : २०८० आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/३ गते
    ६२५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडाैं, । गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा जग्गा भूमाफियाको कब्जामा रहेको तथ्य सार्वजनिक भएको छ। त्यसमध्ये ७५ बिघा अतिक्रमणमा परेको छ भने बाँकी जग्गा प्रालिको मिलेमतोमा भूमाफियाले भोगचलन गरेको खुलेको छ। अतिक्रमित ७५ बिघा जग्गामा १ हजार १ सय घर बनेका छन्। घर बनेर बाँकी रहेको जग्गा पनि अतिक्रमणकारीले नै जोतभोग गरेको पाइएको छ। कागजमा उद्योग चलाउन हदबन्दी छुट भनिए पनि यथार्थमा जग्गा भूमाफियाको कब्जामा छ।

    हदबन्दी छुटको नाममा तीन दशकदेखि भोगचलन गरिरहेको जग्गाको हदम्याद थप गरिदिन भन्दै पुनः गत भदौ ८ गते प्रालिका अध्यक्ष जैनेन्द्रकुमार टण्डनले यथार्थ बंग्याएर भूमि सुधार तथा मालपोत कार्यालयमा निवेदन पेस गरेका थिए। जिल्लामा त्यसको चर्को विरोध भएपछि तत्कालीन प्रजिअ रामबहादुर कुरुम्बाङको सक्रियतामा छानबिन समिति गठन भएकोे थियो। भूमिसम्बन्धी ऐन २०२१ (आठौं संशोधन) को दफा १२ (ङ) लाई आधार बनाएर टोलीले काम गरेपछि जग्गा अतिक्रमणबारेको तथ्य सार्वजनिक भएको हो।

    समितिमा जिल्ला समन्वय समितिका अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतबहादुर कक्षपति, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रामचन्द्र शर्मा, नापी कार्यालयबाट पूर्णप्रसाद पाण्डे र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहन सुवेदी, भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख अमरराज सेजुवाल रहेका थिए।

    समितिले उद्योग सञ्चालन गर्ने नाममा अर्बौंको जग्गा अतिक्रमण गरिएको औंल्याएको छ। हदबन्दी छुटमा पाएको जग्गा व्यक्तिका नाममा ल्याउन मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा चलखेल भइरहेको सुइँको पाएपछि छानबिन समितिले अनुसन्धान थालेको थियो। यसैबीच गृह मन्त्रालयले प्रजिअ कुरुम्बाङको इलाका प्रशासन कार्यालय टीकापुर, कैलालीमा सरुवा गरेको छ । उनको ठाउँमा शिवराम गेलाललाई पदस्थापन गरिएको छ।

    साबिक उढरापुर गाउँ विकास समिति–२ हाल खजुरा गाउँपालिका–६ मा रहेको जग्गा प्रालि आफैंले भोगचलन गरेको, मोहियाानी हकसमेत नरहेको १ सय ८० बिघा जग्गा २०४२ असार ८ गते तत्कालीन सरकारले मिल्स प्रालिलाई हदबन्दी छुट दिने निर्णय गरेको रेकर्डमा देखिन्छ। त्यसका लागि प्रालिले उद्योगको काम, कर्तव्य र सेवाका किसिमको सर्त पालना गर्नुपर्ने स्पष्ट उल्लेख छ।

    प्रालिले उद्योग सञ्चालन गरेर भोगचलन गर्नुपर्ने र कच्चा पदार्थ उत्पादनका लागि उखु खेती गर्न पाउने बेहोरा खुलाए पनि उद्योग सञ्चालन नभएको अवस्थामा पुनः सरकारका नाममा हुने सम्झौतापत्रमा उल्लेख छ। उद्योग सञ्चालन नभएपछि हदबन्दी छुटमा पाएको सरकारी जग्गा दुरुपयोग भएको भनी सरकारका नाममा फिर्ता हुने निर्णय २०४९ वैशाख १४ गते भए पनि फेरि ०५९ वैशाख १३ गते हदबन्दी छुट दिने निर्णय भएको भेटिएको छ।

    गिजरा खाँडसारी मिल्स प्रालिको नाममा हदबन्दी छुट पाएको जग्गाको सञ्चालकको नाममा स्रेस्ता कायम भइसकेको स्रोतको दाबी छ। उता छानबिनका लागि सकृय प्रजिअकै सरुवा भएपछि सरकारी जग्गाको अतिक्रमण नहट्ने हो कि भन्ने चिन्ता स्थानीयलाई छ। जग्गा अतिक्रमणमा राजनीतिक पहुँचवालाको समेत हात भएपछि स्थानीय थप चिन्तित छन्। निर्मल घिमिरेले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    शिक्षकको आन्दोलन बानेश्वरमा प्रहरी हस्तक्षेप (तस्वीरहरु)

    काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै...

    गृहमन्त्रीको डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता

    काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार...

    निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आयो

    काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको...

    न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी,सेयरको भित्री कारोबार गरेको आरोपमा

    काठमाडौं । शेयर बजारमा भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी...

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं