SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/३ गते
    ७६७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं- प्रधानमत्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। दुवै पक्षका कार्यदलका सदस्यको उपस्थितिमा भएको वार्ता सकारात्मक भए पनि सहमति केही भएको छैन।

    थप आन्तरिक छलफल र परामर्श गरेर पुनः वार्तमा बस्‍ने जानकारी ठाकुरले दिएका छन्। प्रधानमन्‍त्री ओली र ठाकूरबीचको वार्तापछि बालुवाटारमै कार्यदलको छलफल भएको छ। कार्यदलमा सरकारी पक्षबाटसंसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्तामा बस्दै आएका छन् ।

    प्रधानमन्‍त्रीसँग वार्तामा ठाकुरले पहिले जसपाले राखेका माग र सर्त सम्बोधनका लागि सरकारबाट ठोस् पहल भएपछि मात्र आफूहरूले सहयोगबारे छलफल गर्नसक्‍ने बताएका थिए। उनले पटकपटक धोखा पाएकोले अब आफूहरू उधारोमा डिल नगर्ने बताउँदै जे गर्ने हो क्यासमै गरौं भनेका थिए।

    जसपाले ओली नेतृत्वसँग साझेदारीका लागि कैलालीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ, मधेस आन्दोलन, टिकापुर लगायतका घटनामा लगाइएका मुद्दा फिर्ता गर्नुपर्ने, पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गरिएको टिकापुर घटनाको न्यायिक छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र मधेसको माग सम्बोधन गर्न संविधान संशोधन,नागरिकता विधेयकमा संशोधन गर्नुपर्ने सर्त राख्दै आएको छ। यो समाचार आजको अन्नपूर्णपोस्ट छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं