SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/१८ गते
    ६०१ &#२३४६;&#२३३५;&#२३२५;

    पूर्वराजा ज्ञानेन्द्र शाहले एक महिनाभन्दा धेरै पूर्वी नेपाल र सिक्किममा बिताए ।

    संयोग कस्तो भने, उनमा प्रधानमन्त्री केपी ओलीप्रतिको विश्वास एकदमै बढिरहेको छ र बस्न पनि ओलीकै जिल्ला झापामा बस्ने गरेका छन् । त्यसरी प्रधानमन्त्री केपी ओलीप्रति विश्वस्त हुनुपर्ने आधार र कारणबारे पूर्वराजाले धेरैलाई खुलस्त बताएका छैनन् । तर, हरेक भेटघाटमा भन्ने गर्छन्, ‘ओलीले केही गर्छन् !’

    काठमाडुदेखि पूर्वराजा भेट्न झापा पुगेका पूर्वगृह र भूमिसुधार मन्त्री बुद्धिमान तामाङदेखि पाँचथरका युवा नेता सगुनसुन्दर लावती, दमकको मेयरमा पराजित भएर कांग्रेस पसेका राम थापा, कांग्रेसबाट राप्रपातिर लागेका भक्ति सिटौला, शाही अंगरक्षक भरतकेशर सिंहका छोरादेखि अस्मिता भण्डारीसम्मलाई पनि उनले ओलीप्रति विश्वस्त हुन सकिने मनसाय व्यक्त गरेका छन् । तर, त्यसका आधार, कारण वा घटनाक्रमबारे त्यति खुल्न चाहेनन् ।

    झापा बस्दा उनले त्यतातिरका प्रायःजसो राजावादी र हिन्दू अभियन्तासँग भेट गरिसकेका छन् । आफ्नो कुरा खासै भन्दैनन्, तर भेट्न गएकाहरूले भन्ने कुरा ध्यानपूर्वक सुन्ने गर्छन् । देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आगन्तुकले राख्ने धारणा रुचीपूर्वक सुन्नमा खुब रुची छ । र, कुराकानीका क्रममा हिन्दू राष्ट्र र राजसंस्था फर्किनेमा विश्वास व्यक्त गर्नुहुन्छ तर कसरी, कुन माध्यमबाट र कुन प्रक्रियाबाट ती कुरा पूरा हुन्छन् ? न भेट्न जानेले सोध्न सक्छन् न त उनले नै भन्छन् । तर, उनको भनाइबाट बुझिन्छ, आफ्नो बलले हैन, ‘अरु कारण’ ले हिन्दू राज्य फिर्ता हुन्छ । भेट्न गएका एक हिन्दूवादी अभियन्ताले भने, ‘चीनले नेपालमा स्थायित्व चाहेको छ । चीन राजा हट्ने बेलामा समर्थन र विरोध दुबैतिर गएन ।

    कम्युनिष्टलाई स्थायी शक्तिका रुपमा उभ्याउन खोज्यो । तर, कम्युनिष्टहरूकै झगडाका कारण त्यसो हुन सकेन । त्यसैले ऊ खोपीको देउताका रुपमा राजा रहोस् भन्ने चाहन्छ । भारतले नाम मात्रको भए पनि राजसंस्था हुँदा नेपालको हित हुन्छ भन्ने बुझिसकेको छ । त्यसमाथि विभिन्न सन्दर्भमा राष्ट्रपतिका भूमिकाहरू प्रश्नयोग्य बन्नुले पनि राजाकै परिपक्व नेतृत्व मुलुकले चाहेको धारणा उनको बुझिन्छ’, भेट गर्न गएका ती अभियन्ताले सुनाए ।

    कुराकानीमा पूर्वराजा केपी ओलीलाई समर्थन गर्छन् भन्नेमा स्पष्ट छन् । भेट्न जानेहरूलाई ‘राजनीतिक अवस्था कता जान्छ ?’ भनेर प्रश्न गर्छन् । तर, सामान्य अनुमान गरौँ, केपी ओलीले राष्ट्रपतिबाट विद्या भण्डारीलाई हटाएर राजालाई कसरी फर्काउलान् ? पूर्वराजासँग भेट्न जानेहरूको शंका छ, उनीहरुबीच केही कुरा भएको हुनुपर्छ ।

    त्यसमाथि केपी ओलीको कार्यशैली छ, मन्त्रिपरिषद्बाट निर्णय नगरी घोषणा गर्ने । संविधानमा संसद् विघटनको व्यवस्था नहुँदा नहुँदै पनि उनले त्यस्तो कदम चाले । राजावादीहरूले अनुमान गरेका छन्– यस्तै केही हुनसक्छ । जनआस्था साप्ताहिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं