SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/१८ गते
    ७६४ &#२३४६;&#२३३५;&#२३२५;

    झापाबाट फर्किएको भोलिपल्टै पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाकर्मी फिर्ता भएका छन् ।

    यसअघि ९८ सुरक्षाकर्मीको घेरामा रहने पूर्वराजा अब ५८ बाट ४० हुँदै अहिले १६ मा पगेका छन् । पूर्वराजाको गृष्मकालीन बासस्थानका रुपमा रहेको नागार्जुन निवासमा खटिएका सुरक्षाकर्मी हटाइसकिएकोमा अब निर्मल निवासको मुख्य द्वारमा एक–दुई जनामात्र रहनेछन् । उनले क्लोज प्रोटेक्सनका लागि १६ जना मात्र सुरक्षाकर्मी पाउनेछन् ।

    योसँगै पूर्वराजा र पूर्वप्रधानमन्त्रीको हैसियत समान हुने भएको छ । यता सशस्त्र प्रहरी बलले यो वर्षभित्र २ सय २१ बिओपी (बोर्डर आउट पोष्ट) निर्माण गर्ने लक्ष्य लिएकोमा २ सय १८ वटा बनाइसकेको छ । त्यसमध्ये भारततर्फ २ सय ११ र चीनतर्फ सातवटा छन् । त्यस्तै, कोभिडको पहिलो खोप लगाएको महिनादिन भित्रै दोस्रो नलगाए पहिलो खोपको कुनै अर्थ छैन भनिँदैछ । सशस्त्रका कर्मचारीहरुमध्ये हालसम्म २५ हजार २ सय ५० ले भ्याक्सिन लगाइसकेका छन् ।

    अब दोस्रो चरणको खोप के हुने हो भन्ने अन्योलता छ । भारतमा दोस्रो चरणको कोरोना संक्रमण देखिएसँगै नेपालमा पनि कोरोनाको दोस्रो लहर आउँछ कि भन्ने भय छ । कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि सशस्त्रले बोर्डर एरियामा प्रोटोकल पालना गर्नुका साथैं हेल्प डेस्क बढाउन परिपत्र गरेको छ । जनआस्था साप्ताहिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    मेयर बालेन शाहले एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि दिए १० दिने अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका...

    एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन...

    न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ...

    रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित...

    सत्ता गठबन्धनमा भागबन्डाको तयारी : राष्ट्रिय सभा चुनाव

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं