SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/७ गते
    २१०१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत- पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्व चयनका आज हुने निर्वाचनको तयारी पुरा भएको छ । यस पटक संघको निर्वाचन शिवालय बहुमुखि क्याम्पसको प्राङ्गमा तय गरिएको छ । आज विहान ८ बजेदेखि हुने मतदानका लागि निर्वाचन केन्द्र, मतपत्र छपाई तथा अन्य सवै व्यवस्थापन सकिएको निर्वाचन अधिकारी विमल गौतमले जानकारी दिनुभयो ।

    उद्योग बाणिज्य संघको निर्वाचनमा २ हजार तीन सय मतदाता रहेका छन् । एक पटकमा १२ जनाले मतदान गर्नेगरी व्यवस्थापन मिलाईएको गौतमले जानकारी दिनुभयो ।उहाँका अनुसार मतदाताले परिचय खुल्ने कागजात, नागरिकता वा अन्य कुनै परिचय पत्र ल्याउनुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा हुने निर्वाचन शान्त, मर्यादित र स्वतन्त्र बनाईने गौतमले बताउनुभयो । मतदान कार्यक्रम भोली आज ५ बजेसम्म सकिने र आजनै रातीदेखि मतगणना शुरु गरिने भएको छ ।

    आइतवार दिउँसोसम्म मतपरिणाम सार्वजनिक गरिने भएको छ । पर्वत उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि गोपि अधिकारी र शिव शर्मा पौडेल दुई समुह बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरु अहिलेपनि प्रचारप्रसारमा जुटेका छन् । दुवै समुहले शुक्रवार कुश्माबजारमा घरदैलो तथा र्‍याली गरेका छन् । शिव शर्मा पौडेल समुहले जनउभार र्‍याली निकालेको थियो । संघको आगामी नेतृत्वमा उम्मेदवारी दिएका दुवै समुहले आ-आफ्ना पक्षको जीत हुने दावी समेत गर्दै आएका छन् ।

    अधिकारी प्यानलमा महिला सदस्य माया गिरी र देबि अधिकारी रहेका छन् भने खुल्ला सदस्यहरुमा ठाकुर वि. पौडेल, कमलबहादुर जि.सी.,गणेश लामिछाने, रमेश शर्मा लामिछाने, राजन गुरुङ्ग, कृष्णप्रसाद रेग्मी, शेरबहादुर चोचाङ्गी पुन मगर, नारायण पौडेल, मिनप्रसाद शर्मा, दिपक अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, प्रदिप तिमिल्सिना, दुर्गा प्रसाद शर्मा सरोज, रमेश पौडेल, नारायण बहादुर केसि, विश्वराज श्रेष्ठ, थानेश्वर पौडेल, कमल लामिछाने, रफदिन मिया ( राहुल ) र गणेशकुमार श्रेष्ठ उम्मेवार मैदानमा रहेका छन् ।

    यता पौडेलको नेतृत्वमा रहेको समुहमा महिला सदस्यमा राधाकुमारी शर्मा र अनिता मल्ल केसी तथा अन्य सदस्यका उम्मेदवारहरुमा मानसिंह भण्डारी, दिपेन्द्र गिरी, नवराज भण्डारी, कृष्णबहादुर मल्ल, शिव श्रेष्ठ, कृष्णप्रसाद शर्मा, रामु शर्मा, राजकुमार बस्नेत, विनोद आचार्य, दिनेश श्रेष्ठ, लक्ष्मण शर्मा, विज्ञान बम मल्ल, प्रल्हाद गिरी, संजय नेपाली, श्रीप्रसाद पौडेल, धनश्याम मल्ल (कुमार) योगराज गिरी बद्री, कृष्णप्रसाद शर्मा, विनोदकुमार श्रेष्ठ र शिवराज शर्मा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं