SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/१२ गते
    ४८८ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगरकमिटी र राष्ट्रीय मदरसा संघ नेपालको संयुक्त आयोजनामा संसद पुर्नवहालीको लागि न्यायालयले गरेको फैसलाको स्वागत गर्दै कार्यकर्ताहरु ले एक अर्का लाई मिठाई खुवाउदै खुश्याली मनाएका छन।

    कृष्णनगर नपा वडा नं २मा रहेको
    राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा नेकपा कृष्णनगर नगरकमिटी अध्यक्ष जाबेद आलमको अध्यक्षतामा सम्पन्न भएकाे थियो।

    कार्यक्रमका प्रमुख अतिथी अब्दुल सबुर विशिष्ट अतिथि लुम्बीनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी अतिथिमा राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की,गणेश प्रसाद बन्जाडे, अल्हाज फ़ज़ल महमूद खां(बब्लु खां),संघका सदस्य शैख अब्दुल रहमान मदनी,अकिल अहमद,तुफेल अहमद खां रहेका थिए।

    कार्यक्रम लाई सम्बोधन गर्दै उपाध्यक्ष नेपालीले उपस्थित सम्पूर्ण कमरेड हरुको स्वागत गर्दै ओली सरकारले चलेको कदम गलत रहेको सर्वोच्च न्यायालयले साबित गरिसकेको बताउदै जनताको जीतको यस घडीमा खुशी व्यक्त नगरिकन रहन नसक्ने बताए। गणतंत्रलाई बचाउन न्यायालयले दिएको न्यायको उक्त दिनलाई न्याय दिवसको रुपमा मनाउन समेत अपिल गरे।    सर्वोच्च न्यायालयले दिएको निर्णय अल्पसंख्यक, बहुसंख्यक र सम्पूर्णको लागि हितकारी रहेको र नेपालमा संविधान र न्यायलय माथि जनताले राखेको भरोसा कायमनै रहन सफल भएको समेत जिक्र गरे।केही अराजकतत्व हरुको देशलाई विगर्ना खोजेको तर सर्वोच्च न्यायालयले नेपाल र नेपाली जनताको पक्षमा गरेको फैसलाको स्वागत गर्दै खुशी मनाउन कुनै कसर बाकी नराख्ने संघका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले बताउनु भयो।

    बोल्ने क्रममा गणेश प्रसाद बन्जाडेले र नगर अध्यक्ष जावेद आलमले भने कि सर्वोच्चले संविधानको पक्षमा दिएको निर्णयको भव्यरुपमा स्वागत गरि यस खुशीको समयमा सबै लाई मिलेर खुशयाली मानाउनको लागि नगरवासिहरु संग आग्रह समेत गरे।

    उक्त कार्यक्रममा प्रमुख अतिथी अब्दुल सबुर लाई राष्ट्रीय मदरसा संघ नेपालले दोसल्ला ओढाई सम्मानित समेत गरेका छन।

    कार्यक्रममा मौलाना अब्दुल नुर, मौलाना जहीर अहमद बरेलवी,नियाज़ अहमद,युवा नेता जुम्मन खां, वसिम खां, पत्रकार सगीर खाकशार लगायतहरुको उपस्थिती थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं