SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/१५ गते
    ९८६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटन ठीक कि बेठिक भन्ने बहस जारी छ । माघ ४ गतेदेखि जारी यो गम्भीर बहसमा बेला–बेला गीत र गजलका प्रसंग पनि उठ्छन् ।केही दिन अगाडि वरिष्ठ अधिवक्ता शम्भु थापाले उर्दू गजलका शेर वाचन गरेका थिए । आज भने वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले अञ्जु पन्तको गीत स्मरण गरे ।

    अञ्जु पन्तले गाएको ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको प्रसंगसँग जोड्दै घिमिरेले भने, ‘दुई–दुई वटा संविधान सभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएको जस्तो भयो यो विघटनले ।’

    आफ्नो बहसको निष्कर्षमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै खारेजीको माग गरे । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसमा भाग लिनेहरुका लागि आजबाट १५ मिनेटको समय तोकिदिएका छन् । वरिष्ठ अधिवक्ता घिमिरेले १५ मिनेटभित्रै आफ्नो बहस सके ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको अवलोकन गर्न सकिने

    लेखनाथ। कास्कीको लेखनाथमा जारी २० औं लेखनाथ महोत्सवमा एकै स्थानमा सय भन्दा वढि प्रजातीका माछाको...

    सुन्तलाको पकेट क्षेत्र बाँसखर्कमा सुन्तला महोत्सव हुने

    पर्वत। स्वाद र गुणस्तरको हिसाबले गण्डकी प्रदेशमा नै उत्कृष्ट सुन्तला फल्ने पर्वतको जलजला गाउँपालिकाको बाँसखर्कमा...

    चीनमा भूकम्प जाँदा कम्तिमा ९५ को मृत्यु, नेपालमा १३ घाइते

    काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतको दिंगे केन्द्रविन्दु भएर भूकम्प जाँदा नेपालमा १३ जना...

    लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

    रामशरण नेपाली, लेखनाथ। नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै...

    चलचित्र ‘लाज शरणम्’को पोस्टर भाइरल

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टरले यो सिनेमाप्रतिको अपेक्षा बढाइदिएको छ । कमेडी र कथा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं