SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/१० गते
    ६४७ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, । कपिलवस्तुको कृष्णानगर नगरपालिका वडा नं १ भन्सार रोडमा किसान एकता जिन्दाबाद नारा सहित एउटा विरोध कार्यक्रम सम्पन्न भयो।

    नेपाल सरकारले किसानहरु लाई चाहिने मलखाद्य यूरिया, डिएपी,विऊ विजन लगायतका स्रोत साधन र किसानले उत्पादन गरेको फसलहरुको उचित मूल्य व्यवस्थापन र एका एक मलखाद्यमा मूल्यवृद्धि गरेको रवैया प्रति कृष्णानगरका किसानहरु आक्रोशित भयी नेपाल सरकारको विरोध गर्दै किसान एकताको नारा लगाउदै भाषाण समेत गरेका छन।

    उक्त कार्यक्रमको आयोजना श्री जय त्रिकाल युवा क्लब  जनचेतना युवा क्लबले गरेका थिए।

    कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका प्रवक्ता अकरम पठान विशिष्ठ अतिथी जसपा जिल्ला कपिलवस्तु उपाध्यक्ष राम नेवास पुरी, जसपा नेता जगदीश चौधरी,बृजेश कुमार गुप्ता,सन्तराम तेली,जीवन श्रीवास्तव ,इन्द्रजीत चौधरी रहेका थिए।

    नेपाल कृषि प्रधान देश हुदै हुदा पनि नेपालका किसान पीड़ामा रहेका छन।नेपाल सरकारले कागज र भनाई को लागि मात्रै कृषि प्रधान देश बनाएको छ।

    वास्तविकतामा नेपालका किसानहरु लाई हेर्दा दुख लाग्छ दिन-रात्रि खेतमा खटि मेहनत गरी पुरै देशका जनताको पेट भर्नाको लागि फसल तैयार गर्छन तर किसानको पेट भर्नाको लागि यो कम्यूनिष्ट सरकार ले केही पनि गर्दैन।यो सरकार किसानको पीड़ा बुझ्दैन।

    देशका किसानहरु लाई दुखी बनाएर देश लाई सुखी समृद्धि तरफ लैजान सक्नु हुन्न।
    छिमेकी मित्र राष्ट्र भारत नेपालका किसान र नेपालका जनताहरुको सदैव सहयोग गर्दै आई रहेको छ ।

    मलखाद्य विऊ विज़न स्वास्थ्य सम्बन्धी औषधी लगायतका बिषयहरुमा पनि यो कम्युनिस्ट सरकारले पटक पटक मित्र राष्ट्र भारत संग सम्बन्ध बिगार्ने प्रयास गरि रहे को कुरा प्रमुख अतिथी पठानले बताउदै भनेकि यो तानाशाह सरकारले सिमा बन्द गरि किसान र मधेशी जनता हरु लाई दुख दिन खोजेंको छ।

    कार्यक्रमका विशिष्ठ अतिथि राम नेवास पुरीले जनता लाई सम्बोधित गर्दै भनेकि कपिलवस्तु जिल्ला को क्षेत्र नं३मा अहिले सम्म पिछडीएको छ यहाका जनप्रतिनीधिहरुको कारणले यो क्षेत्र र क्षेत्रका किसानहरुको बिकास भएको छैन।

    यो जिल्लाका केही किसानहरुले अहिले सम्म उखुको भुगतानी पाएकै छैन्न तर यहाका नेता हरुले त्यो पैसा भुग्तानि गराउनको लागि केही पहल नगरि किसानहरु लाई चुनावको बेला झूठों र खोक्लो आश्वासन दिइ क्षेत्रका जनता लाई छलि जनता माथि राज गर्ने काम मात्रै गरेका छन।

    यस्ता प्रवृतिका नेता हरु लाई चुनावको समयमा बहिष्कार गर्नाको लागि समेत आग्रह गरे।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं