SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/९ गते
    ६६४ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी रुपन्देही । संसदीय दलका नेता चुनिएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिबद्धता छ । अरू संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा हामी छौं ।’

    पार्टीका ७० प्रतिशत केन्द्रीय सदस्यको उपस्थितिमा बैठक बसेकाले आफूहरू नै वैधानिक भएको उनले बताए । ‘संसदीय दलमा पनि अहिले नै ११५ सहभागी हुनुहुन्छ र केही सांसदहरूले हस्ताक्षर गर्ने वचन दिनुभएको छ । त्यसैले संसदीय दलमा पनि हामी नै वैधानिक छौं’ उनले भने, ‘सबैभन्दा ठूलो दल हामी नै भएको यसले पुष्टि गर्छ ।’

    सरकार बनाउनै नसकेको अवस्थामा बाहेक प्रतिनिधिसभा विघटन गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । ‘यसको पछाडि ठूलै षड्यन्त्र छ’ प्रचण्डले भनेका छन्, ‘अहिले विश्वले नेपालको यो घटनालाई चासोका साथ पनि हेरिरहेका छन् देशी विदेशी शक्तिको चलखेल खुल्दै जाला ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

    रामशरण नेपाली, लेखनाथ। नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै...

    चलचित्र ‘लाज शरणम्’को पोस्टर भाइरल

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टरले यो सिनेमाप्रतिको अपेक्षा बढाइदिएको छ । कमेडी र कथा...

    सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र...

    पर्वतको पाङ धैरेनी मावि मा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक,आध्यात्मिक महोत्सव हुने

    पर्वत। पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ्गमा गण्डकी महिमा धान्याचल ज्ञान महायज्ञ तथा शैक्षिक,आध्यात्मिक...

    लेखनाथ महोत्सवमा हाजिरी जवाफ

    लेखनाथ। कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं