ऊ गर्व ठान्छ
हुँ म मजदुर भनिरहँदा
दिन बितिरहन्छन् के थाहा
प्यासले सधैं छट्पटीरहँदा।।
दैनिकी चलाउछ
दैनिक ज्याला मजदुरीले गर्दा
भोक टारीदिन्छ पेट आँफै
प्यास झरेका पसिनाले गर्दा ।।
राहत आउदै छ क्यारे
सुन्दा आँखा यसै रसाँउछन्
भरिन्छन पेट महलवालाका
भोकै श्रमिक रुवाँउछन् ।।
लाईन बनेर सँधै
भोक मेट्नलाई दौडिरहन्छ
मेरो सरकार राहत बाड्छ
ऊ चामलमा बियाँ कोट्याईरहन्छ ।।
हाकिम कुर्सीमा बस्छ
गफमा सधैं दिन बिताईरहन्छ
पियुन कुर्सी समात्छ
आँशामा दिन कटाईरहन्छ ।।
ढुकुटी रित्तियो रे
आर्थिक मन्दि देखाईरहेछ
पिडित सडकमै लडिरहे
सकार दिनानु दिन फष्टाईरहेछ ।।
खै सरकार ?
जनताको आँगनमा आइपुग्यो ?
कि चुल्होमा बल्यो सरकार ?