
चाउरीएका गालामा झुस्स दारी
ती सेता रङ्गिन गालाले सायद
बुन्दै होलान मेरो लागि रङिन सपना
मेरो आगमनमा रमाएको बा को मन
खुसीले बुर्कुसी मार्दै पौडिएका आँखा
र मेरो ललिते बोली सुरु हुँदै गर्दा
ललिताएका मेरो लागि उनका
ललिते शब्द!
मेरा बा मेरा लागि म जस्तै बने
म बच्चा हुदा बच्चा बने
केटारी उमेरमा मेरो लागि साथी बने,
मेरो लागि आफुलाइ परिवर्तन गर्ने
मेरा बा साच्चिकै हिरो हुन,
उनको रोल अदित्तिय छ र सधै
अदित्तिय नै हुन्छ।
उनका औला पकडेर हिड्न सिकेको म
मेरा औला पकडाएर उनलाइ बृदाश्रम
को बाटो डोहोर्याउने दुस्साहस कहिल्यै नगरुन।
मैले धेरै पढे आमाका बेदनाका कथा
बा का अनुहारमा सलबलाएका दुखका
बक्र रेखा!!!!
हाम्रो अँध्यारो मेटाउन सधै मैन झै बलिरहे,
कबि , लेखक ले आमाका बारे धेरै लेखे,
गाए, कलम चलाए तर बा को बारे?
आमा धर्ती तर बा लाई किन आकाश को
उपमा आएन!
त्यसैले त पर्दा पछाडिको हिरो हुन मेरा बा!
हाम्रो खुसी मेटाउन मनो रेल झै कुदिरहे,
कुदिरहे, कुदिरहे अनि कुदिनै रहे …….
तर कहिल्यै सुनिन उनको थकानको सुस्केरा!
त्यसैले सायद अग्लदै होला उनको मनमा एक्लो पनको
हिमाल सगरमाथा जस्तै!
मनमा कुन्ठा , पीडा , दुख बोकेर
हामिलाइ बाड्छन हामिले मागेका
अनगिन्ती पैचो खुसी!
अनि संसार जितेको अभिनय गर्छन मेरा बा!
तर यथार्थमा हारिरहेका हुन्छन , ” बा”
मेरो लागि , तिम्रो लागि अनि हाम्रो लागि!
मेरा हरूवा बा केबल मेरा लागि!!!!!
मात्र मेरा लागि , बा तिमिलाइ मेरो तिम्रा ती
चाउरीएका कालामा अनगिन्ती चुम्बन !!!