SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/२९ गते
    १३६८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । हिँजोको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्मा पेश हुने सङ्घीयताअनुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा यो यसरुपमै दीर्घकालीन रुपमा व्यवस्थापन हुने जानकारी दिनुभयो ।

    शैक्षिक सत्र २०७६ को परीक्षा साविकबमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थागित भएको थियो ।

    मन्त्री पोखरेलले हाल देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, कतिपय विद्यालयमा क्वारेन्टिन सञ्चालन गरिएको र रोगको संक्रमणको जोखिमका बीच विद्यालयमा परीक्षा केन्द्र कायम गरी विगतमा झैँ परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चितताको दायित्वबोध गरेर मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिनुभयो ।

    https://www.youtube.com/watch?v=GSvNZrwKkhY&t=19s

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं