SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१९ गते
    ९३५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार साँझ एक जनाको मृत्यु भएको छ । पोखरास्थित उक्त कोरोना विशेष अस्पतालमा मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका ५१ वर्षीय खड्कबहादुर कार्की छन् । २ हप्ताअघि भारतबाट आई क्वारेन्टिनमा बसेर घर फर्किएका बेला कार्कीलाई ज्वरो देखिएको थियो । यद्यपि १४ दिन क्वारेन्टिन बस्नेक्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । घर फर्किएपछि ज्वरो बढेकाले उनलाई प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ‘यहाँ आउँदा बेहोस हुनुहुन्थ्यो रे,’ प्रतिष्ठान निर्देशक डा अर्जुन आचार्यले भने, ‘यहाँ ल्याउने बित्तिक्कै उहाँको डेथ भयो ।’ उनको शुक्रबारमात्रै कोरोना परीक्षण नतिजा नेगेटिभ आएको थियो । उपचारका क्रममा कार्कीको मृत्यु भएपछि प्रतिष्ठान प्रशासनले पुनः कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशाला पठाएको जानकारी दिएको छ । ‘के कति कारणले उहाँको मृत्यु भएको हो । शंका निवारणका लागि पुनः कोरोना परीक्षण गर्न पठाएका छौं,’ उनले भने । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै राखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं