SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१८ गते
    ११५५ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र,कपिलबस्तु , पूर्वमन्त्री ईश्वर दयाल मिश्राको पहल तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई ग्लब्स, मास्क, पीपीई सेट तथा गाउन बितरण गरिएको छ । हाल बिश्व स्तरमा फैलिसकेको कोरोना भाईरस रुपी महामारीले नेपालमा पनि आफ्नो जरा गाडीसकेको कुरा भन्दै मित्र राष्ट्र भारतसंग खुल सिमाना रहेकोले सिमानासंग प्रत्यक्ष सम्पर्कमा रहेको नेपालको तराई क्षेत्र उच्च जोखिममा रहेको र त्यसमा कपिलबस्तुमा कोरोना संक्रमितको संख्या झन् बढ्दै गईरहेको कुरा पूर्व मन्त्री मिश्राले भन्नुभएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यस महामारीमा फ्रन्टलाईनमा बसी कार्य गरीरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी माथि कोरोनाको संकट अधिक रहेको कुरा मनन गर्दै कपिलबस्तुका १२ सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई मास्क, ग्लब्स, पीपीई सेट, गाउन जस्ता अत्यावश्यक सामान हस्तान्तरण गरी कोरोना बिरुद्धको लडाईमा सानो सहयोग गरेको कुरा पूर्व मन्त्रीले बताएका छन् । साथै उहाँले हस्तान्तरण गर्ने क्रममा सबैलाई सुरक्षा र सावधानीका साथ कार्य गर्ने सल्लाह पनि दिएका छन् ।

    पूर्वमन्त्री मिश्राको पहलमा नेकपा नगर अध्यक्ष जाबेद आलम खाँले १२ जना पत्रकारहरुलाई पीपीई सेट, मास्क र ग्लब्स, एक जना स्वास्थ्यकर्मीलाई गाउन, मास्क र ग्लब्स हस्तान्तरण गरेका छन् । त्यसैगरी प्रहरी चौकी भिल्मी (कर्मा)लाई २ सेट, प्रहरी चौकी कुशहवा बढनीलाई २ सेट र सशस्त्र सीमा सुरक्षा बल कर्मालाई २ सेट पीपीई किट, ग्लब्स र मास्क उपलब्ध गराइएको छ ।
    हस्तान्तरण शोसल डिस्टेन्सिंगको पालना गर्दै सबै सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरुको बाडी सेनिटाईज गरी गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं