काठमाडौं । भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूमि समेटेर सरकारले नक्सा जारी गरेपछि संविधान संशोधन आएको विधेयक संसदमा पेस नहुने भएको छ ।नेपालको निशान छापमा रहेको नक्सा परिवर्तन गर्नका लागि संविधान संशोधन गर्न लागिएको थियो । यस्का लागि आएको संविधान संशोधन प्रस्ताव संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकमा पेस नहुने भएको छ । आजको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा रहेको संविधान संशोधन प्रस्ताव पेस गर्ने कार्यक्रम हटाइएको संसद सचिवालयले जानकारी दिएको छ ।
यो सँगै भारतीय मिडियामा नेपाल आफ्नो अडानबाट पछि हटेको बताइएको छ । बुधबारको प्रतिनिधिसभा बैठकका लागि निकालिएको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेस गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले अनुमति माग्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो ।त्यसपछि नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ संसद बैठकमा पेस गर्ने सम्भावित कार्यसूची जारी गरिएको थियो । तर, बुधबारको कार्यसूचीबाट भने उक्त प्रस्ताव हटाइएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । किन हटाइएको हो भन्ने उनले जानकारी दिइएको छैन ।