SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२२ गते
    २७६९ &#२३४६;&#२३३५;&#२३२५;

    – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
    कोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले संसार आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ ।

    हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    १. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ । २. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं । ३. घाममा बसौं । ४. नियमित अनुलोम/विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।

    ५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं । ६. बिहान/बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ । ७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ । ८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।

    ९. पर्याप्त मात्रामा सुतौं । १०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ । ११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ । १२. दिल खोलेर हाँस्ने गरौँ । १३. नियमित चिया र कफी ( दुध/चिनी नहालेको ) सेवन गरौँ । १४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ । १५ . सरसफाइमा अल्छी नगरौं । देशमा यो समस्याबाट बचियोस् भन्नका लागि दैनिक नेपालबाट साभार गरेका होैं ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

    रामशरण नेपाली, लेखनाथ। नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै...

    चलचित्र ‘लाज शरणम्’को पोस्टर भाइरल

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टरले यो सिनेमाप्रतिको अपेक्षा बढाइदिएको छ । कमेडी र कथा...

    सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र...

    पर्वतको पाङ धैरेनी मावि मा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक,आध्यात्मिक महोत्सव हुने

    पर्वत। पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ्गमा गण्डकी महिमा धान्याचल ज्ञान महायज्ञ तथा शैक्षिक,आध्यात्मिक...

    लेखनाथ महोत्सवमा हाजिरी जवाफ

    लेखनाथ। कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं