SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२५ गते
    १०५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेपाली कांग्रेसले बालुलाटारस्थित ललितानिवास जग्गा प्रकरणमा कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई बदनियतपूर्ण तरिकाले भ्रष्टाचार मुद्दा लगाइएको भन्दै शुक्रबार पनि संसद् बैठक अवरुद्ध गरेको छ। प्रतिनिधि सभाको बिहीबारको बैठक अवरुद्ध गरेको कांग्रेसले दोस्रो दिनको बैठक पनि अवरुद्ध गरेको हो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    संसद्को पहिलो बैठक अवरुद्ध भएपछि शुक्रबार नै दोस्रो बैठक बोलाइएको थियो। दोस्रो बैठक बस्न नसकेपछि आइतबार १ः०० बजेसम्मका लागि सूचना जारी गरी स्थगित भएको छ। कांग्रेस संसदीय दलको शुक्रबार बिहान बसेको बैठकले शुक्रबारको संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो। यता संसद् अवरुद्ध भइरहँदा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

    अख्तियारले बुधबार गच्छदारसहित १ सय ७५ जनालाई बालुवाटार जग्गा प्रकरणमा मुद्दा दायर गरेको थियो। संसद्बाट कांग्रेसले र सडकबाट कार्यकर्ताले गच्छदारलाई कारबाही गर्ने भए सो प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा महासचिव विष्णु पौडेल, उनका छोरा नवीन पौडेल, पूर्व मुख्यसचिव लीलामणि पौडेल र अन्यलाई पनि कारबाही गर्नुपर्ने माग राखेका छन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले सरकारकै प्रभावमा अख्तियार परेर कांग्रेसलाई मुद्दा लगाएको बताए। अख्तियारको दुरुपयोग भएको हेर्ने संस्था अख्तियारले आफै अख्तियारको दुरुपयोग गरेको उनले आरोप लगाएका थिए। सरकारको प्रभावमा परेर अख्तियारले ‘आफ्नोलाई बोक्ने र विरोधीलाई ठोक्ने’ प्रवृत्ति देखाएको उनले बताए।

    उनले भने, ‘जसले मन्त्रिपरिषद्को अध्यक्षता गरेर निर्णय गर्नुभयो, उहाँ पनि महान् व्यक्ति, जो निर्णयबाट लाभान्वित हुनुभयो र लालपुर्जा बोकेर हिँड्दै हुनुहुन्छ, उहाँ पनि महान् व्यक्ति। लालपुर्जा बोकेर अहिले पनि ४९ लाख रुपैयाँ ऋण त्यही लालपुर्जाबाट आइरहेको छ।’‘बाख्री हरायो होइन, तस्कर पल्कियो भन्ने चिन्ता बढेको’ उनले सुनाए। उनले भने, ‘एउटा निर्दोषलाई पक्रेर सारा कसुरदारलाई उन्मुक्ति दिने पद्धतिको थालनी भएको छ।’

    ‘म लालपुर्जा फिर्ता गर्छु, म जग्गा फिर्ता गर्छु’ भनेको भरमा उन्मुक्ति दिएको हो भने त्यसमा आपत्ति हुने भन्दै उनले भने, ‘अहिले सामाजिक सञ्जालमा ठट्टामजाक हुने गरेको छ, एउटा डाक्टरले अस्पतालमा बिरामीको किड्नी चोरेछ, अब ४ वर्षअगाडि चोरिएको किड्नी फिर्ता ग-यो भने कारबाही हुन्छ कि हुँदैन ? कुनै एक चोरले एक वर्षपछि चोरेको सामान फिर्ता ग¥यो भने पक्राउ पर्छ कि पर्दैन ?’ नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं