SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१८ गते
    १०६६ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र,कपिलवस्तु , भाषा संरक्षणमा पत्रकारको भुमिका महत्वपुर्ण रहेको प्रदेश नं ५ का प्रदेश सांसद अर्जुन कुमार केसीले बताउनु भएको छ । अवधी पत्रकार संघ नेपालको नव निर्वा्चित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण कार्र्यक्रममा बोल्दै प्रदेश सभा सदस्य केसीले अवधी भाषा मधुर, मिठासको खानी रहेको बताउनु भयो । उहाले भाषा, कला, संस्कृती संरक्षणका लागि प्रदेशबाट विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । सांसद केसीले सरकारले ल्याउन लागेको मिडिया विद्येयकबाट पत्रकारलाई नै राहत हुने बताउनु भयो ।
    यही माघ ११ गते कपिलवस्तुको कृष्णनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट निर्वा्चित पदाअिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । उक्त कार्यक्रममा समाजवादी पाटीका शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीले पत्रकारहरुले अवधी भाषा संरक्षणका लागि गरेको यो प्रयास अति प्रशांसनिय रहेको बताउनु भयो । चन्द्रौटा उद्योग वाण्ज्यि संघका अध्यक्ष जमशेर अलि मियाले पत्रकारहरु देशको चौथो अंग भएकोले सत्य तथ्य समाचार प्रकाशन, प्रशारण गर्नु पर्ने बताउनु भयो । त्यस्तै युवा नेता अजय थापाले पत्रकारहरुलाई सरकारले दर्शउने किसीमको मिडिया विधेयकले ल्याउन लागेकोले विद्येयक संशोधन गर्नु पर्ने बताउनु भयो ।

    सोहि कार्यक्रममा अवधी पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष सनिउल्ला धोबीले भाषा संरक्षणका लागि नेतृत्वले पहल गर्नु पर्ने बताउनु भयो । उहाले स्थानिय तहबाट भाषा संरक्षणको लागि बजेट विनियोजीत गरी कार्यक्रम लागु गर्नु पर्ने बताउनु भयो । अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको दोस्रो अधिवेशनबाट अध्यक्षमा निरहु यादव निर्वा्चित भएका थिए । संघको उपाध्यक्षमा प्रतिमा विश्वकर्मा, अनेक पाण्डेय, सचिवमा राम लखन जयसवाल, सहसचिव सविता गुप्ता, कोषाध्यक्ष शाहबाज खान, सदस्य बृजेश यादव, धनिराम कोरी, प्रीन्स मिश्रा, महेन्द्र कुमार धोबी, कमलेश चन्द्र गुप्ता तेली निर्वा्चित हुनुभएको थियो । निर्वा्चित सबै पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं