SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२८ गते
    २४७४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले सभामुख र उपसभामुख विषयमा पार्टीले हार्दिकतापूर्वक निर्णय गर्र्ने बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको एकताको आजको प्रथम बैठक तथा शपथ ग्रहण समारोहमा उहाँले सभामुख र उपसभामुखको विषयमा बाहिर देखिएको जस्तो नेकपामा अन्तरविरोध नभएको प्रष्ट पार्नुभयो । “सभामुख र उपसभामुखको विषयलाई लिएर नेकपामा ठूलो अन्तरविरोध चर्काएर प्वालबाट छिर्ने प्रयास भइरहेको छ”, महासचिव पौडेलले भन्नुभयो, “सभामुख र उपसभामुख चयनका विषयमा हामी छिट्टै हार्दिकतापूर्वक निर्णय गरेर टुङ्ग्याउँछाँै ।”

    पार्टी एकता भएपछि दुई पार्टीबीचमा एकता भत्काउन सकिन्छ कि भनेर रङ्गीबिरङ्गी आशङ्का गर्ने गरिएको बताउँदै उहाँले पार्टीलाई अझ दरिलो र बलियो बनाएर लैजाने विषयमा पार्टीले अभ्यास गरिरहेको स्पष्ट गर्नुभयो । महासचिव पौडेलले सरकारलाई कुनै पनि रचनात्मक कामका लागि सल्लाहसुझाव दिए पुग्ने उल्लेख गर्दै भन्नुभयो, “विद्यार्थी सङ्गठनले पहिला जस्तो सरकारका विरुद्ध सडक आन्दोलन गर्नुपर्ने अवस्था छैन, रचनात्मक सुझाव सरकारलाई दिँदा हुन्छ ।”

    शैक्षिक सुधारका लागि विद्यार्थी सङ्गठनको महत्वपूर्ण भूमिका छ भन्दै उहाँले एकीकृत विद्यार्थी सङ्गठनले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा सबै क्याम्पसमा जित्ने गरी लाग्नका लागि अनेरास्ववियुलाई निर्देशन दिनुभयो । महासचिव पौडेलले विद्यार्थीको एकता प्रक्रियामा अलि ढिलाइ भए पनि राम्रो समिति आएको बताउनुभयो । अनेरास्ववियुका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङसहित ३३५ जनाको केन्द्रीय कमिटी रहेको छ । महासचिव पौडेलले सो केन्द्रीय कमिटीलाई पद तथा गोपनीयताको शपथसमेत गराउनुभएको थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं