SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२७ गते
    ७५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडाैं, । उपसभामुखले राजीनामा दिएर सभामुख निर्वाचन प्रक्रियामा सहयोग गर्नुपर्नेमा पूर्वमाओवादीका नेताहरूको जोड छ ।प्रधानमन्त्री ओली भने सभामुख टुंगो लागेसँगै उपसभामुखलाई राजीनामा गराउने पक्षमा थिए। तर, उपसभामुखले राजीनामा नदिई सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन अप्ठ्यारो पर्ने भन्दै पूर्वमाओवादीका नेताहरू उपसभामुखको राजीनामामा जोड दिने गरेका थिए।प्रधानमन्त्री ओली अनुपस्थित बैठकले आफ्नो राजीनामा मागेपछि उपसभामुख तुम्बाहाङफे ‘क्रुद्ध’ बनेको स्रोतले बतायो।‘उपसभामुखले राजीनामा दिन्न भन्नुको प्रमुख कारण नै प्रधानमन्त्री नभएको बैठकले राजीनामा मागेकाले पनि हो कि ? ’ प्रधानमन्त्री ओलीनिकट एक नेताले भने।

    शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित हुनुको प्रमुख कारण, भैंसेपाटीको गोप्य बैठक रहेको नेताहरूले बताएका छन्। केही दिनअघि सचिवालय सदस्य वामदेव गौतमको निवास भैंसेपाटीमा अध्यक्ष दाहाललगायत ६ जना नेताको गोप्य बैठक बसेको थियो।उक्त बैठकले अमेरिकी मिलेनियम कर्पोरेसन (एमसीसी), संविधान संशोधन र सभामुख निर्वाचन प्रक्रियाबारे छलफल गरेको थियो।‘सँगै घर जोडिएका महासचिव विष्णु पौडेललाई समेत जानकारी नदिई गोप्य बैठक गर्नेहरूले पार्टीको पद्धति बिगारेपछि प्रधानमन्त्री नरिसाउने कुरै भएन नि’, ओलीनिकट एक केन्द्रीय सदस्यले भने।

    यसअघि सत्तारुढ दल नेकपाले उपसभामुख तुम्बाहाङफेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो। पार्टी एकता पूर्वतत्कालीन नेकपा एमालेका तर्फबाट उपसभामुख निर्वाचित तुम्बाहाङफेलाई राजीनामा गराई रिक्त सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको हो।प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुखलाई राजीनामा दिई सभामुखमा पार्टीका तर्फवाट उम्मेदवारी दिनका लागि सहज वातावरण निर्माणका लागि आग्रह गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।

    तुम्बाहाङफेले राजीनामा नगर्दासम्म नेकपालाई सभामुखमा उम्मेदवारी दिने वैधानिक बाटो मिल्दैन। ‘अब पार्टीको निर्णयपछि उहाँले सहज बाटो खोल्नुहुनेछ’ प्रवक्ता श्रेष्ठले भने।नेकपामा सभामुखका लागि उपसभामुख तुम्बाहाङफे, सुवास नेम्बाङ, अग्नि सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ। सभामुखका लागि दुई अध्यक्षबीच कुरा मिलेको छैन।प्रधानमन्त्री ओली पहिलो विकल्पमा नेम्बाङ, उनी नभए तुम्बाहाङफेको पक्षमा छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल भने पूर्वमाओवादी धारलाई नै सभामुख दिनुपर्ने अडानमा छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं