SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२६ गते
    ११२४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सभामुख चयनका लागि बाटो खुल्ला गर्न उमसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकलम दाहाल प्रचण्डसँग भेटवार्ता गरी उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने तयारी गरेकी हुन् ।

    तुम्बाहाङ्फेले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर दुई अध्यक्षसँग ३० मिनेटको छलफल गरेकी थिइन् हाल उप-सभामुख रहेकी तुम्बाहाङ्फेले दुई अध्यक्षसँग आफुलाई सभामुख बनाउन माग गरेकी छन् ।उपभामुखको पद छाडेमा मन्त्री बनाउने आश्वासन दुई अध्यक्षले उपसभामुख तुम्बहाङ्फेलाई यस अघिनै दिसकेका छन् ।

    गत असोज १२ गते संसद सचिवालयकै एक महिला कर्मचारीमाथि यौ’न दुराचारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा जेल गएसँगै सभामुखको पद रिक्त छ ।नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषय अझै पनि विवाद कायम छ । सभामुखका लागि ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सारेपछि विवाद बढ्दै जादा प्रतिनिधिसभाको हिउँदे अधिवेशन अनिश्चित बनेको छ ।

    एकै पार्टीको सभामुख र उपसभामुख हुन नपाउने संबैधानिक व्यवस्थाका कारण र नेकपाले सभामुख आफु राखेर उपसभामुख अन्य दललाई दिने तयारीका कारण प्रतिनिधिसभा अहिले सभामुख बिहिन बनेको छ।

    उपसभामुख तुम्बहाङ्फेले राजीनामा नदिए सम्म नेकपाबाट सभामुखको उम्मेदवार दिन नपाउने संवैधानिक व्यवस्था छ । जसको कारण उपसभामुख तुम्बहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधिसभा सदस्यमध्ये जेष्ठ सदस्यले प्रतिनिधिसभाको बैठक राखी सभामुख चयन प्रक्रिया अघि बढाउनुपर्छ ।सभामुख र उपसभामुख दुई फरक दलको फरकफरक लिङ्ग भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं