SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२५ गते
    ५४८७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको छ । चुनावअघि अर्थमन्त्री युवराज खतिवडा जिम्मेवारीबाट अलग हुनेछन् । चुनावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री मात्र छान्ने योजना बनाएका छैनन्, मन्त्रिपरिषद् नै पुनर्गठनको तयारी थालेका छन् । अर्थ मन्त्रालयमा पदपूर्ती गर्दा प्रधानमन्त्री ओलीले नयाँ रणनीति अख्तियार गर्नसक्ने अनुमान लगाइएको छ । अर्थ मन्त्रालयमा नयाँ अनुहार भन्दा पनि अहिले मन्त्रिपरिषद्मा रहेका सदस्यलाई जिम्मेवारी दिएर केही नयाँ अनुहारलाई अन्य मन्त्रालयमा प्रधानमन्त्रीले नियुक्त गर्न सक्नेछन् ।

    खाली हुने अर्थ मन्त्रालयमा उपप्रधानमन्त्रीसहतिको जिम्मेवारीमा नेता ईश्वर पोखरेलको सरुवा हुन सक्ने अनुमान गरिएकोछ । रामबहादुर थापा बादललाई पनि गृहमन्त्रीको जिम्मेवारीबाट हटाएर रक्षा मन्त्रालय दिने सोचमा ओली रहेको स्रोतले बतायो । बादललाई सरुवा गरी गृहको जिम्मा नयाँ अनुहारलाई दिने तयारी भइरहेको नेकपा स्रोतले बतायो । सम्भवतः सुरक्षा मामिला जानकार प्रतिनिधि सभा सदस्य नवराज सिलवाललाई प्रधानमन्त्री ओलीले गृह मन्त्रालयको जिम्मेवारी दिनेछन् । बालुवाटार स्रोतका अघिल्लो पटक पुनर्गठनका क्रममा कार्य सम्पादन नराम्रो हुँदा पनि रहेका र आलोचनामा परेका मन्त्री समेत प्रधानमन्त्रीले हटाउन सक्नेछन् । खानेपानी मन्त्री बिना मगरलगायतलाई हटाउन सक्ने बताइएको छ । उक्त मन्त्रालयमा महेश बस्नेतको नाम अगाडि सार्ने तयारीमा प्रधानमन्त्री रहे पनि उक्त मन्त्रालय पूर्वमाओवादी कोटामा रहेका कारण बस्नेतको निश्चितचाहिँ छैन ।

    कानुन र सहरी विकास मन्त्रालय भने खाली नै रहनेछन् । उक्त दुई मन्त्रालय सरकारमा दुई तिहाई समर्थन कायम राख्नका लागि राष्ट्रिय जनता पार्टीका लागि सुरक्षित राखिनेछन् ।‘मन्त्रीका आकांक्षी धेरै छन् । चित्त बुझाउनका लागि भए पनि अवसर नपाएका नेतालाई जिम्मेवारी दिने तयारी भएको छ’, स्रोतले भन्यो । खासगरी हालसम्म मन्त्री नभएका अनुहारलाई मौका दिने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् । खाली रहेका ठाउँमा नयाँ अनुहारले नै मौका पाउन सक्ने सम्भावना अधिकतम् रहेको बताइएको छ । यता प्रदेश ३ को स्थायी राजधानी र नामकरणको विषयमा सत्तारुढ नेकपाभित्र सहमति जुटेको छ । नेकपा प्रदेश ३ संसदीय दलको पटक/पटक गरी पाँच दिनसम्म चलेको बैठकपश्चात् शुक्रबार सहमति जुटेको हो । सहमतिअनुसार नेकपाले प्रदेशसभामा एउटामात्र प्रस्ताव दर्ता गराउनेछ ।

    नेकपा सचिवालयको निर्देशनअनुसार प्रदेशसभामा स्थायी राजधानी हेटौंडा र नाम वाग्मती दर्ता गराउने भएको हो । ‘हामीले सबै सांसद्हरुको धारणापश्चात् प्रदेशको स्थायी राजधानी र नामकरणको विषयमा सहमति गरेका छौं । प्रदेशसभामा एउटामात्र प्रस्ताव दर्ता हुन्छ । सबैले त्यसैमा मतदान गर्नुहुनेछ ।’ प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले फ्लोर क्रस गर्ने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना नरहेको बताए । ‘हाम्रो पार्टीको आधिकारिक निर्णयअनुसार सबै अगाडि बढ्नुहुनेछ । पार्टीभित्र बहस र छलफल भएपछि एउटा निचोडमा पुग्नै पर्छ । हामी पनि निचोडमा पुगेका छौँ । अब एउटामात्र प्रस्ताव दर्ता हुन्छ । त्यसैमा मतदान पनि हुन्छ,’ मुख्यमन्त्री पौडेलले भने । उनले नेकपाभित्र ह्विपलाउनुपर्ने अवस्था सिर्जना नहुने दाबी गरे ।

    ‘पार्टीले निर्णय गरिसकेको छ । अनि संसदीय दलले पनि अब व्हिप लगाउनुपर्ने अवस्था नै सिर्जना हुँदैन । लिखित रुपमा निर्णय भएपछि ह्विप भन्नेहुँदैन,’ उनले थपे । सहमति नजुटेको खण्डमा ह्विप लगाएर भएपनि पार्टी सचिवालयको निर्णयलाई कार्यान्वयन गराउने तयारीमा संसदीय समिति रहेको थियो । नामकरणभन्दा पनि स्थानको विषयलाई लिएर नेकपाभित्र विवाद सिर्जना भएको थियो । बहुमत सदस्य काभ्रेको पक्षमा रहँदा पटक/पटक बैठक स्थगित भइरहेको थियो । नेकपा सचिवालयले पनि दुईपटकसम्म पार्टीको निर्णय अनुसार अगाडि बढ्नका लागि निर्देशन दिनुपर्ने अवस्था सिर्जना भएको थियो । प्रदेशसभामा नेकपाको ८० मत रहेका छ । ७४ मत भए स्थायी राजधानी र नामकरणका लागि पुग्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भर्सटाइल’ सजना र रामजी खाँडको ‘लाहुरे’ ले रुवायो (भिडियोसहित)

    पोखरा । पछिल्लो समय निकै चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’...

    किन तत्काल कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई हटाउन खोज्दैंछन् देउवा ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन...

    संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु बदनियतपूर्ण : ओली

    काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्को मानमर्दन गर्दै राष्ट्रपतिमार्फत राजनीतिक दलसम्बन्धी...

    ओलीले पठाए देउवालाई सन्देश अध्यादेशबारे आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश

    एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको...

    २० बर्ष पछि रिमेक गर्दै निर्वाण एण्ड म्यूजिक लिंकको ‘किन यसरी’

    सचिन्द्र श्रेष्ठ करीब २० बर्ष अगाडि रेकर्ड गरिएको ‘निर्माण एण्ड म्यूजिक लिंक’ नाम राखी ‘किन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं