SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२३ गते
    ५३१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्न निर्देशन जारी गरेपछि उत्पन्न विवाद साम्य पार्न शीर्ष नेताहरुले प्रयास थालेका छन्। नेकपा सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती प्रस्ताव गरेसँगै सत्तारुढ दलभित्रै विवाद उत्पन्न कायम भएको छ।

    ‘मंगलबार तीन घण्टा लामो छलफलमा अध्यक्षद्वय र प्रदेशका नेताहरुबीच भएको छलफलमा सचिवालयको निर्णय कार्यान्वयन गर्नेगरी टुंगिए पनि कार्यक्षेत्रमा भने फ्लोरक्रसको सम्भावना रहेको छ’, बैठकपछि स्रोतले भन्यो, ‘अध्यक्षद्वयले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती नै कायम गर्न पुनः निर्देशन दिनुभएको छ।’

    नेकपा प्रदेश ३ की पार्टी इन्चार्ज अष्टलक्ष्मी शाक्यका अनुसार बैठकमा नेताहरुलाई सांसदले उठाएका सबै प्रश्न सुनाइएको थियो। ‘रामेछाप, दोलखा, रसुवालगायतका जिल्लाका सांसदले के भनेका छन्, उनीहरुलाई न्याय भयो कि भएन भन्नेबारेमा नेताहरुलाई सुनाइएको थियो। उहाँहरुले गल्ती भयो भन्ने महसुस गरे पनि पार्टीको निर्णय भएकाले पछाडि फर्किन नसकिने बताउनुभयो’, शाक्यले भनिन्।नेकपाका प्रदेशसभा सांसदले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप भएको भन्दै सचिवालयको निर्देशन नमान्ने बताएपछि नेताहरु संसदीय दलको बैठक रोकेर काठमाडौं आएका थिए।

    प्रदेशका नेताहरु आएको जनाकारी पाएपछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चोकबाट सीधै बालुवाटार पुगेका थिए। उनले प्रदेशका नेताहरुलाई सम्झाउने कोसिस गरेका थिए।नेताहरुले फ्लोर क्रस हुनसक्ने सम्भावनाबारे जानकारी गराएका थिए। प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले हेटौंडालाई नै राजधानी मान्न पार्टीले पुनः निर्देशन दिएको बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं