SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२१ गते
    ६५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई तत्कालीन माओवादी समूहले सभामुख पद नछाड्न चर्को दबाब दिएका छन्।पूर्वमाओवादी समूहका नेताहरुले दाहाल निवास खुमलटारमै पुगेर दबाब दिएका हुन्। दाहालले आफ्नै समूहबाट आएको दबाब थेग्न नसकेर नेकपाका अर्का अध्यक्ष केपी ओलीसँग सभामुखको विषय टुंगो लगाउन सकेका छैनन्। दाहाल निवासमा पूर्वमाओवादी समूहले मंसिर ३० गतेदेखि नै छलफल गरिरहेका छन्।

    दाहाल निवासमा सभामुखका विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले स्वीकार गरेका छन्। ‘हामीले दुवै पृष्ठभूमिबाट आएका साथीहरुलाई मिलाएर लैजान अध्यक्षलाई सुझाव दिएका छौं। सभामुखको विषय टुंगिएको छैन’, पौडेलले भने।सभामुख चयनको विषयलाई लिएर नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच होडबाजी नै चलेको छ। एक वर्षपछि स्थायी कमिटी बैठक चलिरहँदा पार्टीका कार्यकारी अध्यक्ष दाहाल निवासमा सोही विषयमा छलफल भएको थियो। दाहालले सभामुख पद कार्यकारी अध्यक्षसँग साटेको हल्लापछि पूर्वमाओवादी नेताहरुले उनलाई निरन्तर खबरदारी गरिरहेको स्रोतले जनायो।

    ‘जनआन्दोलन र जनयुद्धका समान पक्षलाई समेट्न हाम्रो प्रयास जारी छ। प्रधानमन्त्री पद केपी ओलीलाई पाँच वर्षका लागि छाडेको हो भन्दैमा अन्य पदमा पनि एकलौटी गर्न दिइँदैन। त्यसका लागि हामीले खुमलटारमा निरन्तर छलफल गरिरहेका छौं’, पूर्वमाओवादी सम्बद्ध स्रोतले भन्यो।स्रोतका अनुसार पूर्वमाओवादी समूहबाट अग्नि सापकोटालाई सभामुख बनाउने प्रयास जारी छ। सचिवालय बैठकमा अध्यक्ष दाहालले सापकोटाको नाम प्रस्ताव गरेको भए पनि ओलीले सुवास नेम्बाङको नाम अघि सारेका छन्।

    ‘दुवै अध्यक्षले आफ्ना तर्फबाट सभामुखको नाम प्रस्ताव गरिसकेका छन्। ती नामबारे छलफल गरेर छिटै टुंगो लगाउने हामीले बुझेका छौं’, एक नेताले भने। सभामुख विवादमा माधव नेपाल समूह भने मौन छ।दाहाल निवासमा मंसिर ३० गते नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, देवेन्द्र पौडेललगायत १४ जना नेताबीच छलफल भएको थियो। त्यसपछि पनि टोपबहादुर रायमाझी, जनार्दन शर्मालगायतका नेताहरुले निरन्तर दबाब दिइरहेका छन्। नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं