SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१८ गते
    ८२२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् ।

    भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले पुनर्निर्माण गरिदिएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा ४ करोड १२ लाख लागतमा २ वर्षमा निर्मित २२ कोठे अत्याधुनिक भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । यो भवनसँगै एसियाली विकास बैंकको ऋण सहयोगमा काठमाडौंमा बन्नुपर्ने ११ वटै भवनको निर्माण सम्पन्न भएको छ । विद्यालयलाई नयाँ भवन हस्तान्तरण गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पुनर्निर्मित भवनमा विद्यार्थी भरेर उनीहरुलाई टिकाउने र सिकाउने जिम्मा विद्यालयको भएको बताए ।

    विद्यालयको भवनमात्रै ठूलो तर, कक्षाकोठा खाली नहोस्, नेपालले भने– जसरी नयाँ भवनमा कुनै खोट छैन त्यसरी नै विद्यार्थी संख्या र शिक्षण सिकाइमा पनि कुनै खोट हुनु भएन । सरकारले विद्यालय भवन, शिक्षक दरबन्दी, पाठ्यपुस्तक, तालीम, छात्रवृृत्ति दिइरहेको अवस्थामा अब सामुदायिक विद्यालयहरुले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याएर टिकाउँदै सिकाउँदै तह पार गर्नुपर्नेमा उनले जोड दिए ।

    बालबालिकालाई किताबको घोकन्ते सिकाइभन्दा माथिल्लो स्तरको जीवनउपयोगी सीप र प्राविधियुक्त सिकाइ दिन आग्रह गर्दै पूर्वप्रधानमन्त्री नेपालले सिकाइलाई खेलकुद, गीतनृत्य र स्विमिङसँग जोड्नुपर्ने बताए ।

    स्कूल बन्यो अब पढाइ बनाउनुस्– नेपालले भने, बालबालिकालाई कान समातेर होइन माया गरेर सिकाउनुस् । आगामी दिनमा शिक्षकले पढाएको अनुगमन गर्न सुटुक्क कक्षाकोठामा आउने उद्घोष गर्दै उनले बालबालिकालाई स्कूल आउँ–आउँ लाग्ने बनाउन आग्रह गरे । विद्यालयलाई प्रविधियुक्त सिकाइका लागि सहयोग गर्ने उनले प्रतिबद्धता समेत जनाए ।

    जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका प्रमुख अर्जुन रायमाझीले नयाँ बनेको विद्यालय भवनमा विद्यार्थी भर्न र गुणस्तरीय शिक्षा दिन स्थानीय सरकार र विद्यालयसँग आग्रह गरे । नयाँ भवनको संरक्षण र सुरक्षालाई ध्यान दिन आग्रह गर्दै रायमाझीले विद्यार्थी आकर्षित हुनेगरी सिकाइ सुधार्न शिक्षकहरुसँग आग्रह गरे ।

    विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङले नयाँ भवनमा नयाँ शिक्षा दिने प्रतिबद्धता जनाए । भवन नहुँदा यसकैमात्र चिन्ता रहेपनि अब सिकाइ सुधारको चिन्ता मात्रै बाँकी रहेको भन्दै उनले प्रविधियुक्त सिकाइका लागि सहयोग गर्न सरोकारवालाहरुसँग आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं