SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२८ गते
    ६८५ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । नेपाल दशनामी समाजका अध्यक्ष रुद्र गिरीले आफ्नो स्वार्थको लागि समाजलाई विखण्डन तर्फ लगेको आरोप लागेको छ । अध्यक्ष रुद्रले आफ्नो नातामा ‘साला’ पर्ने र केन्द्रीय उपाध्यक्ष मणिराज गिरीको नातामा ‘भान्जा’ पर्ने उदव वनलाई अध्यक्ष बनाउन नपाएको झोकमा युवा समितिनै भंग गर्न खोजेकोे आरोप लागेको छ ।

    पोखरामा भदौ २८ गते भएको नेपाल दशनामी युवा समितिको प्रथम राष्ट्रिय भेला तथा अधिवेशनबाट सर्वसम्मत चयन भएको समितिलाई भंग गर्दै गलत निर्णय गरेको भनि देशभर विरोध सुरु भएको छ ।

    रुद्रकै अध्यक्षतामा कार्तिक २५ गते सम्पन्न बैठकले जिम्मेवारी हेरफेर सम्बन्धमा हाल रहेका युवा संयोजक अशोक गिरीलाई हटाएर ५१ वर्षीय हरिशरण गिरीलाई जिम्मा दिई दशनामी युवा केन्द्रीय कार्यसमिति र दशनामी युथ(कम्पनीमा दर्ता भएको संस्था) लाई मिलाएर तदर्थ समिति पूर्नगठन गर्नुपर्ने निणर्य गरेको हो ।

    तर अशोक गिरीलाई यस विषयमा कुनै जानकारी दिइएको छैन् । अशोक अहिले दशनामी समाजका केन्द्रीय सचिव समेत हुन् । उनै सचिव अशोक गिरी, केन्द्रीय उपाध्यक्षहरु, पदाधिकारी र धेरै सदस्यलाई जानकारी नगराई कोरम नपुराई एकलौटी निर्णय गरिएको हो ।

    अविभावक संस्थाले यस्तो गलत निर्णय लिएको नेपाल दशनामी युवा समितिका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले बताए । ‘अविभावक संस्था नेपाल दशनामी समाज अन्र्तगतनै हामी युवा समिति रहन्छौ,’ उनले भने, ‘यस्तो निर्णय गर्नु भन्दा पहिला एक पटक हामीलाई बैठक बोलाउनु पर्ने हो । एक्कासी यस्तो निर्णय गर्दा सम्पूर्ण दशनामी युवाहरुले विरोध गरेका छन् । युवा मात्र नभएर दशनामी समाज प्रदेश र जिल्लामा पनि विरोधका आवाजहरु उठेका छन् ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं