SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२६ गते
    ७४५ &#२३४६;&#२३३५;&#२३२५;

    बुटवल । लुम्विनी मेडिकल कलेज पाल्पा प्रभास अस्पतालको लापर्वाहीका कारण गुल्मी तम्घासकी १७ वर्षीया किशोरीको ज्या न गएको छ । ज्या न जानेमा रेसुङ्गा नगरपालिका वडा नम्वर ८ तम्घास खानीगाउँ थुम्काकी १७ वर्षीया लक्ष्मी रसाईली रहेकी छन् । शनिबार साँझ बिरामी परेर आमा रेश्मा विकले प्रभास अस्पतालमा लिएर गएको भोलिपल्ट एपेन्डिस भएको भन्दै अप्रेशन गरेका थिए । अप्रेशन गर्नुअघि घरमा रहेका बाबु टिका विश्वकर्मासँग राम्रै कुराकानी गरेकी रसाइलीको निधन अस्पतालको लापरबाहीले भएको परिवारले बताएको छ ।

    ‘एपेन्डिसको अप्रेशन गर्ने क्रममा अ ण्डाको षमा घाउ लगाई दिएपछि उनको ज्या न गएको बताइएको छ । डाक्टरको चरम लापर्वाहीका कारण सामान्य विमारी भएकी लक्ष्मीको अकालमा ज्या न गएको भन्दै परिवार शोकाकुल बनेको छ । लक्ष्मी तम्घास खानीगाउँको शिद्धबाबा माध्यामिक विद्यालय कक्षा ९ की छात्रा हुन् । आइतबार दिउँसो १२ बजे अप्रेशन गरेर होस नफर्केपछि साँझ ८ बजे भैरहवा मेडिकल अस्पताल पु¥याइएको थियो । त्यहाँका डाक्टरले लक्ष्मीको पहिल्यै ब्रेन डेथ भई सकेको हुनुपर्ने भन्दै मृ त घोषणा गरेका थिए ।

    मृ तकका आफन्तहरु मेडिकल कलेजको लापरवाहीले बिरामीको निधन भएको बताएका छन्। उनीहरुले कलेजले गरेको अप्रेशन सफल नभएर भैरहवा पुर्‍याउँदा निधन भएको आरोप लगाए। मृ तककी आमा रेश्मा विश्वकर्माले सामान्य पेट दुखेर अस्पतालमा ल्याउँदा छोरी गुमाउनु परेको बताइन्।

    उनी भन्छिन्, ‘सामान्य अप्रेशन गर्न भनेर लगेकी छोरीमा अन्य समस्या देखियो भनेर डाक्टरले लापरवाही गरेका छन्, दोषीलाई कारवाही हुनुपर्छ।’ आफन्त टिकाराम विश्वकर्माले नसा फू टेको अप्रेशनका कारण हुनुपर्ने भन्दै पूर्व जानकारी नदिईएको बताए। ‘समस्या जटिल भएपछि भैरहवा लगियो। लैजाँदा आफन्तहरुसँगै जान दिईएन। डाक्टरहरुले नै एम्बुलेन्समा राखेर लैजानु भयो, विश्वकर्माले भने, साधारण एपेन्डिक्समा बिरामीको अप्रेशन जटिल बनाईएको छ।’

    मृ तकका आफन्तहरुको ठूलो समूहले लापरवाहीका कारण बिरामीको निधन भएको भन्दै लुम्बिनी मेडिकल कलेजसँग न्यायको माग गरिरहेका छन्। मृ तक लक्ष्मीको श व भैरहवा मेडिकल कलेज, रुपन्देहीमा रहेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं