SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२० गते
    ७६८ &#२३४६;&#२३३५;&#२३२५;

    बेइजिङ । आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ ।

    चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्ने क्रममा सो तस्वीर लिइएको खुलासा गरेको छ तर यसै सातामात्र उक्त तस्वीर सामाजिक सन्जालमार्फत भाइरल हुन थालेपछि एयरलाइन्स पाइलटलाई कारबाही गर्न बाध्य भएको बताइएको छ ।

    तस्वीरमा ककपिटमा पोज दिएर बसेकी ती परिचय नखुलाइएकी महिलाको छेउमा खानपिनका सामानहरु राखिएको देखिन्छ । एयर गुइलिनले एक औपचारिक विज्ञप्तिमार्फत पाइलटले उडानका दौरान सुरक्षा नीति, नियम उल्लंघन गरेको तथ्य स्विकारेको छ ।

    आफ्नो औंलाले ‘भि’ संकेत दिएर तस्वीरका लागि पोज दिएकी ती महिलाले क्याप्सनमा लेखेकी छिन्, ‘धन्यावाद क्याप्टेन । धेरै खुसी लागेको छ ।’ यो खबर नेपाल समाचारपत्रले एजेन्सीको सहयोगमा अनुवाद गरेर प्रकाशित गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं