SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१३ गते
    ७५० &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल ।
    अन्नपूर्ण(लुम्ले),१२ असोज।कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ शनिवारदेखि सुरु श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञ जारी रहेको छ ।महायज्ञ यहि असोज १९ गतेसम्म चल्नेछ । आइतवार भागवत वाचन गर्दै कथा शिरोमणि पं. दिपकप्रसाद पौडेलले मानिस विचार र कर्मले असल हुनुपर्ने भनाई राखे ।उनले हिन्दु धर्मको महत्वमाथि पनि प्रकाश पारेका थिए ।

    महायज्ञमा आइतवार सबैभन्दा धेरै लुम्ले घुम्ती निवासी मनबहादुर गुरुङले नगद रु.१ लाख पाँच हजार पाँच सय ५५ दान गरेका छन् ।त्यस्तै जागृति आमा समूहबाट १७ हजार ७ सय ७७, माझखोला निवासी टुकनाथ देवकोटाले रु.१५ हजार १ सय ५५, पुच्छरघर निवासी खुसीमान् गुरुङले रु.१५ हजार १ सय ५० लगायत अन्य थुपै दानवीरबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ। यस पटकको दशैँका लागि घटस्थापनाको दिन पारेर आइतवार लुम्लेवासीले महायज्ञ स्थलमा सामुहिक जमरा पनि राखेका छन् ।त्यस्तै सामुहिक टिका लगाउने योजना पनि उनीहरुले बनाएका छन्। यज्ञबाट रु.५० लाख दान संकलन गर्ने लक्ष्य राखिएको छ।

    यज्ञमा सामुहिक पितृ तर्पण, हवन, अन्नदान, भुमिदान, तुलादान, धान्याञ्चल, ब्राम्हण भोजन, विवाह, व्रतबन्ध, गुन्युचोली, नवग्रहपुजा, चौरासी पुजा सहित पितृको तस्विर राखी आरती अर्पण गर्दै दान गर्न पनि सकिने आयोजकले जनाएको छ । आइतवार यज्ञमा मूल आयोजक समितिका अध्यक्ष भरत देवकोटा, महासचिव दिनेशकुमार जिसी, वडाध्यक्ष चित्रबहादुर गुरुङ लगायतले पनि धारणा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं