SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१२ गते
    ९२९ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना, हेमजा । विष्णुपादुका माइस्थान पोखरा २५ हेमजामा आइतबार महायज्ञ सुरु भएको छ । माइस्थान परिसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा पञ्चाङ्ग मन्दिर स्थापना गर्ने उद्देश्यका साथ सो यज्ञ सुरु गरिएको हो । आइतबारदेखि सुरु भएको यज्ञ असोज २० सम्म विष्णुपादुका माइस्थान प्राङगणमा हुने छ ।

    श्रीमद्देवी भागवत् ज्ञान महायज्ञको हेमजा निवासी युवा पं. हरिशरण पौडेलले सुभारम्भ गरे । यज्ञको सुभराम्भ अघि हेमजाको याम्दीदेखि कलश सोभायात्रा निकालिएको थियो । याम्दीदेखि सुरु भएको यात्रा हेमजामा अबस्थीत माईस्थानमा पुगेर समापन गरिएको थियो । सोभा यात्रामा हेमजामा रहेका बिभिन्न भजन समुह, आमा समुहको साथमा सघं सस्थाको सहभागिता थियो ।

    यज्ञ अन्तर्गत पहिलो दिन कलशयात्रा एवं पूर्वाङ्गको साथमा कथा बाचन गरिएको र असोज २० सम्म नियमित कथा प्रवचन, पाठपारायण, बेलपत्र अर्पण र आरती, प्रसादग्रहण, भजनकीर्तन गरी समापन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक कृष्णमान श्रेष्ठले जानकारी दिए।

    सदस्य रमा त्रिपाठीले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा इश्वरीय बिश्व बिद्यालय हेमजा उपशाखाका बिद्या दिज्जुले सस्कृति जोगाउन यस्ता यज्ञको आवश्यक रहेको बताइन । माईस्थान मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष चुणामणी तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष नर बहादुर सापकोटा र सञ्चालन तिलक तिमिल्सिनाले गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं