SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/११ गते
    १३७८ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल पर्वत ।
    नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुस्मा नगर कार्यसमितीको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । शनिवार पुन क्लवको प्राङ्गणमा सम्पन्न अधिवेशनले सुवेदार गुम वहादुर पुनको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिती चयन गरेको छ । सुवेदार पुन यसभन्दा अगिल्लको कार्यकालमा समेत अध्यक्ष भएर काम गरेका थिए ।

    जसको उपाध्यक्षमा नायक अदर राज पुन,सचीवमा नायक सुवेदार पृथ वहादुर पुन,कोषाध्यक्षमा हल्दार वेल वहादुर पुन चयन भएका छन् । यस्तै सदस्यहरुमा हल्दार धन वहादुर पुन,नायक उदयराज पुन,टिकमाया पुन, लालवती पाईजा पुन र शान्ति पुन निर्विरोध चयन भएका छन् । साधारण सभामा आफुँलाई निर्विरोध अध्यक्षमा चयन गर्ने सम्पुर्ण सुभेच्छुक हरु लाई सुवेदार गुम वहादुर पुनले हार्दिक धन्यवाद प्रकट गदैै आँफुले आफ्नो कार्यकालमा भुतपुर्व सैनिक तथा प्रहरी संघ लाई रचनात्मक तवरले अगाडी वढाउने ढृढता व्यक्त गरे ।

    यस्तै पुनले भुतपुर्व सैनिक तथा उनका परिवारमा आउने समस्याहरु लाई विभिन्न ठाउँवाट समाधान गर्ने प्रतिवद्धता जाएर गरे । कार्यक्रममा वोल्दै अतिथी तथा कुनपा वार्ड नम्वर ६ का अध्यक्ष रुद्र गिरीले जीवनको महत्वपुर्ण समयमा देश र जनताहरुको रक्षाका लागि ज्यानको वाजी गरेर अमुल्य योगदान पु¥याउने भुतपुर्व सैनिक तथा प्रहरीको एकताले समाजमा भाईचारा कायम हुने वताए । गिरीले उक्त संघ लाई आफ्नो ठाउँवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जाएर गरे ।

    सोही कार्यक्रममा लघु उद्दमी राष्ट्रिय महिला पुरस्कार वाट सम्मानित उद्दमी खिम माया पुन र गत वर्षको एस् ई ई मा उत्कृष्ट नतिजा ल्याउन सफल भुतपुर्व सेना तथा प्रहरीका ८ जना विधार्थीहरु लाई सम्मान समेत गरिएको थियो । नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुस्मा नगर कार्यसमितीका अध्यक्ष गुम वहादुर पुनको अध्यक्षता हेनरी क्याप्टेन दुर्गावहादुर पुनको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन नायक सुवेदार पृथ वहादुर पुनले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं