SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/७ गते
    ८०९ &#२३४६;&#२३३५;&#२३२५;

    गिता राना मगर, पोखरा, ।
    गुरुङ जातीकोे बारेमा अध्ययनका लागी संयुक्त गुरुङ समाज अमेरिका UGSA को टोली घान्दु्रक पुगेको छ । गुरुङ जातिको मौलिक पहिचान, भाषा, धर्म, संस्कार संस्कृतीको बारेमा खोज, अध्ययन र अनुसन्धानको लागी संयुक्त गुरुङ समाज अमेरिकाको पाँच सदस्यीय टोली गुरुङ जातिको बाहुल्य रहेको घान्द्रुक पुगेको हो ।

    घान्द्रुक पुगेको टोलीले त्यहा रहेको गुरुङ जातिको पच्यु, घ्याप्री खेगीहरु संग अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रिया कार्यक्रममा वोल्दै पच्यु खेगी गुरु चित्र बहादुर गुरुङले हाल सम्म गुरुङ हरुको मौलिक भाषा, धर्म, संस्कार संस्कृतीको बारेमा कोही कसैले चासो नदिइरहेको वेला अमेरिकामा बसोबास गर्ने गुरुङहरुले यसको बारेमा चासो देखाउदा आफुहरुलाई निकै खुसी लागेको वताए । गुरुङ जातिको मुख्य धर्म बोन धर्म रहेको वताउदै गुरुङले गुरुङ जातिको हरेक संस्कारमा वोन्पोलम, पच्यु, घ्याप्री र खेगीहरुद्धारा पुजाआजा गरिने वताए ।

    त्यस्तै घ्याप्री खेगीको तर्फबाट वोल्दै खेगी आस बहादुर गुरुङले पच्यु र घ्याप्रीको कुनैपनि लिखित प्ये नरहेतापनि वोन्पोलमको भने प्ये रहेतापनि पछिल्लो समय युवा पुस्ताहरुले समेत यसबारेमा चासो नदेखाउदा कतै लोप हुने अवस्था आउने होकी भन्ने चिन्तामा रहेको वेला अमेरिकामा बसोबास गर्ने गुरुङ युवाहरुले चासो देखाएर अनुसन्धान गरेकोमा खुसी ब्यक्त गर्दै सम्पूर्ण गुरुङहरु एकजुट भएर आफ्नो संस्कृतीको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । चोगी किसम गुरुङले वोन वादी गुरुङहरुको संस्कारलाई समयक्रम अनुसार रुपान्तरण गर्दैे वोनपोलम, पच्यु र घ्याप्रीहरुको संस्कार संरक्षण गर्नुपर्नेमा जोड दिए ।

    संयुक्त गुरुङ समाज अमेरिका UGSA का अध्यक्ष प्रदीप कोने गुरुङले अमेरिकामा बसोवास गरिहदा आफुहरुले आफ्नो जातिको संस्कारहरुको बारेमा भावी युवा पुस्तालाई समेत जानकारी दिनुपर्छ भन्ने उद्देश्य लिएर पांच सदस्यीय टोली एक महिने भ्रमणमा नेपाल आएको वताए । नेपाल भ्रमण विशुद्ध गुरुङ जातिको अध्ययन अनुसन्धानका लागी भएको र नेपालको विभिन्न गुरुङ गाउहरुमा पुगी वोन धर्मको बारेमा जानकारी लिन पाउदा निकै खुसी लागेको वताए । आफुहरु गुरुङहरुको उद्गम थलो क्होलासोथर नजिकै रहेको सिक्लेसबाट सुरु भएको अध्ययन भ्रमण ताङ्तिङ, तप्राङ, धम्पुस, हुदै घान्दु्रक आइपुगको वताउदै लम्जुङ, चितवन हुदै भारतको सिक्किम र दार्जलिङ लगायतका ठाउहरुमा समेत अध्ययन भ्रमणमा रहने उनले वताए ।

    अन्तरक्रिया कार्यक्रममा घान्द्रुकका पच्यु खेगी मिम बहादुर गुरुङ, पच्यु खेगी पूर्णमान गुरुङ, पच्यु खेगी जगन गुरुङ, घ्याप्री खेगी वैश बहादुर गुरुङ, लगायतले वोन धर्म र संस्कारको बारेमा वोलेका थिए भने उक्त अवसरमा संयुक्त गुरुङ समाज अमेरिकाका उपाध्यक्ष एन बी गुरुङ, संमाजको परराष्ट्र मन्त्रालयको प्रमुख पदम गुरुङ, संचारकर्मी सहज गुरुङ र सल्लाहकार गंगाराम गुरुङ लगायतको सहभागीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं