काठमाण्डौं । संयुक्त राष्ट्रसंघको ७४औं महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज (शनिबार) अमेरिकाको न्युयोर्क जाँदैछन् । स्वास्थ्यअवथाका कारण प्रधानमन्त्री केपी शर्मा ओली जान नसकेपछि परराष्ट्रमन्त्री ज्ञवालीले नै महासभामा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।
परराष्ट्रमन्त्रीहरु नै सहभागी हुने गरेपनि नेपालबाट भने यसअघि प्रधानमन्त्रीमन्त्रीहरुले नै सो महासभामा सहभागीता जनाउने गरेका थिए । ज्ञवालीले असोज १३ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । न्युयोर्कमै सार्क विदेशमन्त्रीहरुको वार्तामा सहभागी भई ज्ञवाली असोज १४ गते नेपाल फर्कनेछन् ।