SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३१ गते
    १४१२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । नेपाली लोक दोहोरी गितको क्षेत्रमा हरेक पटक आफुलाई सफल गायकको सुचीमा राख्दै आएका याम क्षेत्रीले फेरी अर्को गित बजारमा ल्याएका छन् । यसपाली क्षेत्री र गायिका सुनिता दुलालको लोकदोहोरी गीत ‘वास्तै नगर्नी’ को भिडियो सार्वजनिक हो ।

    कर्ण चापागाईंको शब्द तथा बसन्त थापाको संगीत रहेको उक्त गीतमा गायिका दुलाल र गायक क्षेत्रीको युगल आवाज रहेको छ भने बसन्त थापा, बिक्रम परियार, सरिता कार्की र सिता श्रेष्ठले पनि ग्रुपमा गीत गाएर साथ दिएका छन् । गितमा माया प्रेमका कुरा निकै मिठास तरीकाले गरिएको छ ।

    प्रकाश भट्टले निर्देशन गरेको गीतको भिडियो ज्ञानेन्द्र शर्माको छायांकन रहेको छ भने बिष्णु शर्माले सम्पादन गरेका हुन् । उक्त भिडियोमा दिक्पल कार्की र नम्रता सापकोटाको अभिनय रहेको छ । गायिका सुनिता दुलालकै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।

    लामो समयको अन्तरालपछि गायीका दुलालसँग सहकार्य गरेर गीत बजारमा ल्याएको गायक क्षेत्रीले सुचनाकेन्द्र डटकमलाई जानकारी दिएका छन् । माया प्रेमका भौगोलिक परिवेशलाई ओगटेर यस गीतले मौलिक लोक संस्कृतिको संरक्षण गरेको उनले दाबी गरे । गायिका दुलाल अहिले चल्दै गरेको रियालिटी शो नेपाल लोक स्टारको निर्णायक समेत छन् भने गायक क्षेत्री देश बिदेशका बिभिन्न कार्यक्रममा निकै ब्यक्त रहेका छन् । ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मेयर बालेन शाहले एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि दिए १० दिने अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका...

    एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन...

    न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ...

    रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित...

    सत्ता गठबन्धनमा भागबन्डाको तयारी : राष्ट्रिय सभा चुनाव

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं