SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३१ गते
    ८५५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ। दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढीले मंगलबार बिहान पौने पाँच बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार उक्त बिरामी बोकेको ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जाँदै थियो।

    खोलामा भेल आएको देखेपछि यात्रु झारेर ट्याक्सी मात्र पार गराउने प्रयास गर्दै चालक म्याग्दीका हरिबहादुर खड्काले खोलाको नजिकै ट्याक्सी पुर्‍याउँदा हिलोमा फसेको थियो। पहिरो र भेलको जोखिम देखेपछि चालकले ज्यान जोगाउन ट्याक्सी नै छोडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको हो। सडकबाट केही तल पुगेको ट्याक्सीलाई बाहिर निकाल्न प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    थाहा पाउनु भयो नि एमालेको चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण लाग्न थालेको छ : नेपाल

    काठमाडौँ, । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेकपा (एमाले)को चुनाव चिह्न सूर्यमा क्रमशः ग्रहण...

    टोपबहादुर रायमाझीको दाबी : यो देश एमालेले मात्रै बनाउन सक्छ…

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो दलविरुद्ध सत्ताधारीले...

    जसले बढी खर्च गर्न सक्छ, त्यसैले बढी बजेट पाउँछ : अर्थमन्त्री शर्मा

    काठमाण्डाै । अर्थमन्त्री जनार्दन शर्माले जुन सरकारले सबभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी...

    एमाले र विजयीको अब भेट हुँदैन : मेटमणी चौधरी

    नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले नेकपा एमालेले अब कहिल्यै चुनाव नजित्ने दावी गरेका छन्...

    एमालेका पूर्व माओवादी नेता असन्तुष्ट, सामूहिक राजीनामा दिन सक्ने

    उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं