SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२९ गते
    १३५८ &#२३४६;&#२३३५;&#२३२५;

    अस्ट्रेलिया । नेप्लिज एसोसिएसन अफ क्विन्सलाण्डको आयोजना तथा गैर आबासीय नेपाली संघ अस्ट्रेलियाको संयोजनमा यही सेप्टेम्बर २८ र २९ तारिख ब्रिसबेनमा “हाम्रो संस्कृति हाम्रो पहिचान, गरौ प्रबर्द्धन, सम्बर्द्धन अनि सम्मान” नारा सहित अस्ट्रेलियाब्यापी नेप्लिज नृत्य प्रतियोगिता २०१९ हुँदैछ । न्यूजिल्याण्डको समेत सहभागिता रहने यो कार्यक्रममा अस्ट्रेलियाको ताज्मानिया बाहेक सबै राज्यबाट सहभागिता रहनेछ र प्रतियोगितामा नेपालका बिभिन्न जातजाति, भेषभुषा, कला र लोक संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत हुनेछन् ।

    टाइटल स्पोन्सर Expert Education & Visa Services रहेको यो प्रतियोगितामा एकल, युगल र समूह गरी जम्मा ३ प्रकारका नृत्यहरुको प्रस्तुति रहने छ । प्रतियोगितामा १७ वटा एकल, ९ जोडी र १० समूह नृत्यहरु छनौटमा परी प्रतिस्पर्धाका लागि तयारीमा छन् । आ-आफ्नो नृत्य प्रस्तुत गर्ने क्रममा प्रतियोगीले आफुले प्रस्तुत गर्ने नृत्य र यससंग सम्बन्धित साँस्कृतिक महत्वको बारेमा बढीमा २ मिनेटको जानकारी प्रदान गर्नु पर्ने छ । दुइ चरणमा हुने यो प्रतियोगितामा उत्कृस्टताको आधारमा प्रत्येक समुहबाट पाँच नृत्य दोश्रो चरणमा जानेछन ।

    एकल नृत्यमा प्रथमलाई ८००, द्धितियलाई ५०० तथा तृतियलाई ३००, युगल नृत्यमा प्रथमलाई १२००, द्धितियलाई ७०० तथा तृतियलाई ४०० र समूहतर्फ प्रथमलाई १६००, द्धितियलाई ९०० तथा तृतियलाई ५०० डलर नगद पुरस्कारको ब्यबस्था छ ।

    प्रतियोगितामा चर्चित कोरियोग्राफर, कथ्थक डान्सर तथा कला प्रशिक्षक सुबिमा श्रेष्ठ मुख्य जजको रुपमा रहनु हुनेछ ।

    सन् २००९ देखि ब्रिसबेनमा शुरु भएको उक्त प्रतियोगिताको पाँचौ शृंखलाको रुपमा संचालन हुन गइहेको यो प्रतियोगिता प्रत्येक दुइ बर्षमा आयोजना गर्ने गरिएको छ ।

    प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई खान बस्न र हवाई टिकटको समेत ब्यबस्था गरिएको आयोजक कमिटिका संयोजक डा केशब शर्माले जानकारी गराउनु हुदै यस कार्यक्रमको मुख्य उद्धेस्य अस्ट्रेलिया र न्यूजिल्याण्डका दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालप्रतिको माया जगाउनु र नेपाली कला, संस्कृति, भाषा, साहित्य, जातजाति, भेषभुषा, नेपाली लोक गीत संगीत लगायत बिबिध बिषयहरुको जानकारी गराउनु पनि रहेको बताउनु भयो ।

    लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले शुभ-कामना सन्देश मार्फत “हाम्रो पहिचानको माध्यम भनेकै हाम्रा कला, संस्कृति र भाषा नै भएकाले बिशेष गरी प्रवासमा यस्को प्रबर्द्धन र सम्बर्द्धन गर्न सकिए मात्रै दोस्रो पुस्ताले नेपाल र नेपालीको महत्व बुझ्न सक्ने भएकोले यो कार्यक्रमको बहुआयामिक महत्व छ ।” भन्दै अभियानको तर्फबाट नृत्य प्रतियोगिताको सफलताको लागि हार्दिक शुभेच्छा ब्यक्त गर्नु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने...

    जनमत पार्टी सरकारबाट बाहिरियो, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

    काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

    नेपालको जलस्रोतको बारेमा मंत्री खानले उठाएको बिषय सराहनीय : उपाध्यक्ष मौलाना मशहूद

    कपिलवस्तु, । न्यूयोर्कमा द ब्रुकलिन च्याम्बर अफ कमर्शले राखेकाे कार्यक्रममा द यूनाइटेड नेशन्स वाटर कान्फ्रेन्समा...

    रवि लामिछानेलाई प्रश्न : स्वर्णिम वाग्लेलाई तनहुँ १ मा उठाउन लाग्नुभएको ?

    काठमाडौं । आफूलाई पुस्तैनी कांग्रेस बताउँदै आएका अर्थशास्त्री स्वर्णिम वाग्लेले आज बिहीबार पार्टी परित्याग गरेको...

    ओली भन्छन् : मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं