SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३२ गते
    १५०८ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । नेकपाका नेता तथा सुचना संञ्चारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकारको बदनाम मात्रै गर्न खोजेको बताएका छन् । आज पर्वत सदरमुकाम कुश्मा बजारमा प्रेस संगठन नेपालद्धारा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो कुरा बताएका हुन ।

    नेपाली कांग्रेसले पचासौं बर्ष सरकारमा बस्दा आफुले केहि पनि नगरेको बताउँदै यसपाली नेकपाको सरकारलाई पनि काम गर्न नदिएको आरोप लगाए । आफुले माखों पनि मार्न नपर्ने तर नेकपमा सरकारमा गएपछि दिन दिनै खै गर्यो सरकारले भन्दै एकोहोरो बोलीरहेको बताए । बृद्ध भत्ताको उदाहरण दिँदै कांग्रेसलाई मन्त्री बास्कोटाले भने हिजो खै सरकारले बृद्ध भत्ता नै दिएन भनेर बजारमा डोल पिट्ने सरकारले ३ हजार बनाउँदा धन्यवाद समेत नदिएको भन्दै आक्रोस पोखे ।

    पिट्दा हिड्ने नत्र चालै नदिई बस्ने गलेगोरुको उदाहरण दिँदै मन्त्री बास्कोटाले भने काङ्ग्रेसले बनाएको कर्मचारी तन्त्रले काम गर्दै गर्दैन हामीले केहि एक्शनका काम गर्न शुरु गर्छौ उनीहरुले कुनै न कुनै बाटो अबल्बन गरेर सरकारलाई असफल बनाउने काममा लाग्छन् ।

    सरकारको काम हेर्न अझै केहि समय कुर्न आग्रह गर्दै मन्त्री बास्कोटाले भने यो सरकारले केहि गरेन भन्नेहरुले केहि समयमा सबै कुरा देखेर दंग खाने बताए । सरकारले जग बसालीसक्यो, अब सिलान्यास गर्ने काम केहि शुरु भैसके केहि हुँदैछन् त्यसपछि सरकारका गति र कामको परिणाम देखिन थाल्नेछ ।

    सिट खाली भएपछि प्रचण्ड प्रधानमन्त्री
    पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुका जवाफ दिँदै संचारमन्त्री बास्कोटो प्रचण्ड सिट खाली भएपछि प्रधानमन्त्री बताएका हुन । सुचनाकेन्द्र डटकमका प्रधान सम्पादक बैकुण्ठ गिरीले सरकार र पार्टी आलोपालो चलाउने सहमती अनुसार नेकपा अध्यक्ष प्रचण्ड कहिले प्रधानमन्त्री बन्दै हुनुहुन्छ भन्ने प्रश्नमा रोचक जवाफ फर्काउँदै मन्त्री बास्कोटा यस्तो बताएका हुन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं