SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३० गते
    १५६२ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र /कपिलवस्तु,
    कपिलवस्तु जिल्लाको कृष्णनगरमा महिलाहरूको आउन लागेको महान पर्व हरितालिका तिजको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। उद्योग वाणिज्य संघ कृष्णनगर र होटल तथा रेस्टोरेंट व्यवसायी संघ कृष्णनगरको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भयो।

    शिव प्रसाद घिमिरे को अध्यक्षता मा कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद अभिषेक प्रताप शाह, विशिष्ट अतिथि इंडो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठान, उद्योग वाणिज्य संघ कृष्णनगर का अध्यक्ष राम कुमार कौलापुरी, सशस्त्र प्रहरी का डि. एस. पी. सुशील कुमार शाही, दिनेश गुप्ता, रविंद्र गुप्ता, लक्षमण भट्टराई रहनु भयो। कार्यक्रमको शुभारंभ राष्ट्रीय गान द्वारा गर्दै अतिथि हरुलाई सम्मान गरियो। अतिथिहरुले महिलाहरु लाई आउन लागेको तीजको शुभकामना व्यक्त गरे।

    उक्त कार्यक्रममा आउन लागेको तीज गीत मा उपस्थित महिलाहरु नृत्य प्रस्तुत गरेका थिए। नेपालमा हरितालिका तीज धूमधाम का साथ मनाइन्छ।

    विवाहित महिलाले सुखी दाम्पत्य र आफ्नो पतिको दिर्घायुका लागि व्रत बस्दै विधि अनुसार पूजा अर्चना गर्ने गर्दछन्। उक्त कार्यक्रममा महिला को अधिकांश उपस्थित रहदै,समाजसेवी, पत्रकार, स्थानीय, सुरक्षाकर्मी लगायत २०० जना को उपस्थित रह्यो। कार्यक्रमको संचालन लालमणि भूषाल ले गरे।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मेयर बालेन शाहले एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि दिए १० दिने अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका...

    एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन...

    न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ...

    रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित...

    सत्ता गठबन्धनमा भागबन्डाको तयारी : राष्ट्रिय सभा चुनाव

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं