
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं। नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने भनेर एक–अर्काका राजनीतिक डकुमेन्ट साटासाट गरिएको थियो । निर्वाचनअघि नै दुई दलबीच एकताको लागि गृहकार्य भएको थियो । निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन भएको पनि आज पाँच महिना पुगिसकेको छ । तर, दुई दलबीच एकताको लागि पछिल्ला दिन कुनै छलफल अघि बढेका छैनन् । हालै बसेको नेसपाका केन्द्रीय समितिको बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा–‘बैलैमा नयाँ प्रगतिशील,लोकतान्त्रिक, समाजवादी शक्तिमा रुपान्तरि भएका बृहत्त ध्रुवीकरण नगर्ने हो भने अहिलकै साम्यवादी रुपमा लामो समय अघि बढ्न कठिन हुनेछ’ भनिएको छ । बाबुराम माओवादीसँग एकता गर्न राजी भए । तर, माओवादीले भने पार्टीको नामबाट माओवादी वा नेपाल कम्युनिष्ट पार्टीमध्ये एक राख्नैपर्ने अड्डी कसेको छ ।

बाबुराम भने अब माओवादी वा कम्युनिष्ट नाम टाँसेर कहीँ नपुगिने निश्कर्षमा पुगेका छन् । उनले संविधानले नै देखेको गन्तव्य भनेको समाजवाद भएकोले सबै दल त्यसको लागि तयार हुनुपर्ने बताउँदै आएका छन् । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकताको लागि पहल थालेका नेताहरु भनै एकता नहुने भएकोमा निराश देखिन थालेका छन् । दुई दलबीच एकता नहुनुमा बाबुरामभन्दापनि प्रचण्ड कारक बनेको ती नेताहरुको भनाई छ । समाजवादी केन्द्र बनाएर जाँदा पार्टीको नामको जस पनि बाबुरामले लिने र नयाँ साथीहरु मोर्चाबन्दी हुँदा आफू कमजोर हुने प्रचण्डको बुझाई छ । प्रचण्ड अहिले सरकारको नेतृत्वमा रहेकोले शक्ति आर्जनमा बढि सक्रिय छन् । उनी बरु पूराना माओवादी विचार धारा बोकेकाहरुलाई गोलबद्ध बनाउन केन्द्रित भएका छन् ।

यो बीचमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेसपाबीच मोर्चाबन्दीको पनि कुरा आएको थियो । तर, यसको लागि पनि प्रधानमन्त्री दाहालले नै वास्ता नगरेपछि चार दलबीच मोर्चाबन्दीको गृहकार्य पनि त्यतिकै रोकिएको छ । प्रधानमन्त्री दाहाल हालै भारत भ्रमण गरेर फर्किएका छन् । प्रधानमन्त्री दाहाल भारत भ्रमणमा रहँदा उज्जैनको महाकालेश्वर मन्दिरको दर्शन गर्न गेरु वस्त्र लगाएर पुगेका थिए । त्यतिवेला बाबुरामले आफ्ना पूराना सहकर्मी प्रचण्डको उक्त कार्यशैलीको आलोचना गरेका थिए । उनले प्रचण्डको उक्त गेरुवस्त्रको फोटो सेयर गरेर ‘हामी कता जाँदैछौं ?’ भनेर लेखेका थिए । प्रचण्ड नेपाल आएपछि गत शनिबार पशुपतिनाथ मन्दिरको दर्शन गर्न आफ्ना क्याविनेटका चार मन्त्रीहरु लिएर पुगेका थिए । त्यसमा पनि बाबुरामले आलोचना गरेका थिए । अहिले बाबुरामले प्रधानमन्त्री दाहालको सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् । यसले पनि दुई नेताबीच सुमधुर सम्बन्ध नभएको देखाउँछ । र, अहिले दुई नेताबीच भेटवार्ता नभएको पनि धेरै नै भएको बताईएको छ ।

विप्लव फकाउँदै महरा
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा यतिवेला नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा स्वागत गर्ने तयारीमा छन् । दुई नेताबीच अहिले बाक्लो भेटवार्ता जारी छ । विप्लव काठमाडौं आएका बेला महराको खुमलटारस्थित् निवासमा पुग्ने गरेको र महरा कपिलवस्तु पुग्दा विप्लवको निवासमा बस्ने गरेका समाचार आएका छन् । विप्लवलाई पार्टीमा भित्र्याउनको लागि अध्यक्ष प्रचण्डले नै महरालाई जिम्मेवारी दिएको चर्चा छ । विप्लव पनि पछिल्लो समय प्रचण्ड र माओवादीप्रति नरम सुनिन्छन् । जनयुद्ध र नेतृत्व प्रचण्डप्रति सार्वजनिक रुपमै प्रतिरक्षामा उत्रिने पूर्व माओवादी नेताहरुमध्ये विप्लव अग्रपँक्तिमा आउँछन् । विप्लवलाई माओवादीमा भित्र्याउने तयारी गरेको थाहा पाएपछि बाबुराम प्रचण्डसँग टाढिएको पनि चर्चा छ ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया