
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौ । लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको अभियन्ताको परिचय बनाएकी डा.तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा डा.तोसिमालाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । १० वर्षदेखि चिकित्सा क्षेत्र सुधारको अभियानमा सक्रिय डा. तोसिमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीकै आकांक्षा राखेकी थिइन् । तर उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह, शिक्षा र श्रम मन्त्रालय लिएपछि तोसिमा राज्यमन्त्री मात्रै बनिन् । राष्ट्रिय राजनीतिमा डा.तोसिमाको चर्चा भने ४ मंसिरको चुनावमा तत्कालिन ऊर्जा मन्त्री रहेकी नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाललाई चुनावी चुनौती दिएपछि सुरु भएको थियो । ललितपुर–३ बाट भुसाल र एमालेका अमृत खड्कालाई पछि पार्दै प्रतिनिधिसभा सदस्य जितेपछि तोसिमाको चर्चा थप फराकिलो बन्यो ।
राजनीतिक समीकरण बदलिएर प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी हुँदा उनी राज्यमन्त्री बन्न पुगिन् । तोसिमा राज्यमन्त्री भएपनि अपेक्षा भने उनीसँग अरु मन्त्री भन्दा कम छैन । किनकि राजनीतिमा प्रवेश गर्नु र सांसद बन्नु अगाडि जुन एजेण्डा उठाएर अभियान चलाइरहेकी थिइन्, त्यही क्षेत्रको राज्यमन्त्री बनेकी छन् । अर्थात्, तोसिमालाई आफैले उठाएको सवाल र एजेण्डा पूरा गर्नुपर्ने चुनौती छ । नेपाल मेडिकल काउन्सिलको सदस्य भइसकेकी डा. तोसिमाले विशेषगरी डा.गोविन्द केसीले उठाउने एजेण्डालाई साथ दिँदै आएकी थिइन् । त्यस अर्थमा डा.केसीले उठाएको एजेण्डा कार्यान्वयन गर्ने अवसर पनि तोसिमालाई छ । ‘स्वस्थ नेपाली, सुखी नेपाली’ लाई आफ्नो लक्ष्य बनाएकी डा. कार्कीले किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यचिकित्सकका रुपमा काम गर्दागर्दै राजनीतिमा होमिएकी डा. कार्की छोटो अवधिमा यति ठूलो ठाउँमा पुग्ने कमै व्यक्तिमा पर्छन् ।
एजेण्डासँग परिचित तोसिमा
चिकित्सा क्षेत्रको आवाज उठाउने क्रममै नवगठित रास्वपासँग जोडिएकी डा.तोसिमाको उम्मेदवारी नै खारेज गर्ने मुख्य निर्वाचन आयोगले निर्णय गरेको थियो । तर त्यसविरुद्ध उनी सर्वोच्च अदालत पुगिन् । सर्वोच्चले उम्मेदवारी यथावत गरिदियो । अदालतको आदेशले थामिएको उम्मेदवारी जनअनुमोदन भयो, तोसिमा सांसद भइन् । निर्वाचन आयोगको निर्णयमा मात्रै नभएर डा.तोसिमासँग चिकित्सा क्षेत्रमा हुने सरकारी निर्णयहरुमा पनि निरन्तर आवाज उठाउने गरेको विगत छ । स्वास्थ्य क्षेत्र सुधारमा ०७० सालदेखि निरन्तर लागेकी तोसिमाले ०७२ मा मेडिकल कलेजका इन्टर्न डाक्टर तथा विद्यार्थीमाथि हुने शोषण विरुद्ध आन्दोलनको नेतृत्व गरेकी थिइन् । चिकित्सा शिक्षाको उच्च तहमा मेरिट अनुसार भर्ना हुनुपर्ने आन्दोलनको नेतृत्व गर्दै डा. कार्की ०७५ मा सर्वोच्च अदालत पुगेकी थिइन् । चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययनको शुल्क निर्धारण गराउन पनि उनी सर्वोच्च पुगेकी थिइन् ।
मेरिट अनुसार भर्ना गराउने र शुल्क निर्धारण हुनुपर्ने आन्दोलनमा उनी सफल पनि भइन् । डा. गोविन्द केसीको पहिलो सत्याग्रहदेखि जोडिएकी डा. तोसिमा सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा र शिक्षा पुर्याउनुपर्ने मान्यतामा राख्छिन् । चिकित्सा शिक्षामा सबैको पहुँच पुग्नुपर्ने डा.केसीको अभियानबाट प्रेरित ३३ वर्षे डा. तोसिमाको चुनावी प्रतिबद्धतामा पनि त्यही विषय उल्लेख छ । सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहज पहुँच, १० प्रतिशत बेड विपन्न विरामीलाई छुट्याउनुपर्ने, अस्पतालमा विपन्न बिरामी कोषको व्यवस्था, क्यान्सरको स्क्रिनिङ कार्यक्रमहरु निशुल्क र अनिवार्य जस्ता एजेण्डा लिएरै तोसिमाले सांसद जितेकी थिइन् । अझ २०८० सालदेखि ०८५ सम्मलाई स्वर्ण पञ्च वर्ष घोषणा गरी स्वास्थ्य क्षेत्रको नीतिग सुधार गर्ने योजनामा डा. तोसिमा खरो उत्रनुपर्नेछ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया