
१महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
४चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
७जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
१०पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
११मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
१२खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
काठमाडौ । लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको अभियन्ताको परिचय बनाएकी डा.तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा डा.तोसिमालाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । १० वर्षदेखि चिकित्सा क्षेत्र सुधारको अभियानमा सक्रिय डा. तोसिमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीकै आकांक्षा राखेकी थिइन् । तर उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह, शिक्षा र श्रम मन्त्रालय लिएपछि तोसिमा राज्यमन्त्री मात्रै बनिन् । राष्ट्रिय राजनीतिमा डा.तोसिमाको चर्चा भने ४ मंसिरको चुनावमा तत्कालिन ऊर्जा मन्त्री रहेकी नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाललाई चुनावी चुनौती दिएपछि सुरु भएको थियो । ललितपुर–३ बाट भुसाल र एमालेका अमृत खड्कालाई पछि पार्दै प्रतिनिधिसभा सदस्य जितेपछि तोसिमाको चर्चा थप फराकिलो बन्यो ।
राजनीतिक समीकरण बदलिएर प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी हुँदा उनी राज्यमन्त्री बन्न पुगिन् । तोसिमा राज्यमन्त्री भएपनि अपेक्षा भने उनीसँग अरु मन्त्री भन्दा कम छैन । किनकि राजनीतिमा प्रवेश गर्नु र सांसद बन्नु अगाडि जुन एजेण्डा उठाएर अभियान चलाइरहेकी थिइन्, त्यही क्षेत्रको राज्यमन्त्री बनेकी छन् । अर्थात्, तोसिमालाई आफैले उठाएको सवाल र एजेण्डा पूरा गर्नुपर्ने चुनौती छ । नेपाल मेडिकल काउन्सिलको सदस्य भइसकेकी डा. तोसिमाले विशेषगरी डा.गोविन्द केसीले उठाउने एजेण्डालाई साथ दिँदै आएकी थिइन् । त्यस अर्थमा डा.केसीले उठाएको एजेण्डा कार्यान्वयन गर्ने अवसर पनि तोसिमालाई छ । ‘स्वस्थ नेपाली, सुखी नेपाली’ लाई आफ्नो लक्ष्य बनाएकी डा. कार्कीले किष्ट मेडिकल कलेजबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यचिकित्सकका रुपमा काम गर्दागर्दै राजनीतिमा होमिएकी डा. कार्की छोटो अवधिमा यति ठूलो ठाउँमा पुग्ने कमै व्यक्तिमा पर्छन् ।
एजेण्डासँग परिचित तोसिमा
चिकित्सा क्षेत्रको आवाज उठाउने क्रममै नवगठित रास्वपासँग जोडिएकी डा.तोसिमाको उम्मेदवारी नै खारेज गर्ने मुख्य निर्वाचन आयोगले निर्णय गरेको थियो । तर त्यसविरुद्ध उनी सर्वोच्च अदालत पुगिन् । सर्वोच्चले उम्मेदवारी यथावत गरिदियो । अदालतको आदेशले थामिएको उम्मेदवारी जनअनुमोदन भयो, तोसिमा सांसद भइन् । निर्वाचन आयोगको निर्णयमा मात्रै नभएर डा.तोसिमासँग चिकित्सा क्षेत्रमा हुने सरकारी निर्णयहरुमा पनि निरन्तर आवाज उठाउने गरेको विगत छ । स्वास्थ्य क्षेत्र सुधारमा ०७० सालदेखि निरन्तर लागेकी तोसिमाले ०७२ मा मेडिकल कलेजका इन्टर्न डाक्टर तथा विद्यार्थीमाथि हुने शोषण विरुद्ध आन्दोलनको नेतृत्व गरेकी थिइन् । चिकित्सा शिक्षाको उच्च तहमा मेरिट अनुसार भर्ना हुनुपर्ने आन्दोलनको नेतृत्व गर्दै डा. कार्की ०७५ मा सर्वोच्च अदालत पुगेकी थिइन् । चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययनको शुल्क निर्धारण गराउन पनि उनी सर्वोच्च पुगेकी थिइन् ।
मेरिट अनुसार भर्ना गराउने र शुल्क निर्धारण हुनुपर्ने आन्दोलनमा उनी सफल पनि भइन् । डा. गोविन्द केसीको पहिलो सत्याग्रहदेखि जोडिएकी डा. तोसिमा सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा र शिक्षा पुर्याउनुपर्ने मान्यतामा राख्छिन् । चिकित्सा शिक्षामा सबैको पहुँच पुग्नुपर्ने डा.केसीको अभियानबाट प्रेरित ३३ वर्षे डा. तोसिमाको चुनावी प्रतिबद्धतामा पनि त्यही विषय उल्लेख छ । सर्वसाधारणलाई स्वास्थ्य सेवामा सहज पहुँच, १० प्रतिशत बेड विपन्न विरामीलाई छुट्याउनुपर्ने, अस्पतालमा विपन्न बिरामी कोषको व्यवस्था, क्यान्सरको स्क्रिनिङ कार्यक्रमहरु निशुल्क र अनिवार्य जस्ता एजेण्डा लिएरै तोसिमाले सांसद जितेकी थिइन् । अझ २०८० सालदेखि ०८५ सम्मलाई स्वर्ण पञ्च वर्ष घोषणा गरी स्वास्थ्य क्षेत्रको नीतिग सुधार गर्ने योजनामा डा. तोसिमा खरो उत्रनुपर्नेछ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया